बुटवल-लुम्विनी बचत तथा ऋण सहकारी संस्थाले आज एक कार्यक्रमको आयोजना गरी नवौ लुम्विनी साहित्य पुरस्कार वितरण गरेको छ । सो पुरस्कार लामो समय देखि साहित्यको क्षेत्रमा कलम चलाउदै आउनु भएका बरिष्ठ साहित्यकार डा कपिलदेव लामिछानेलाई पुरस्कृत गरेको छ । संस्थाले आफनो सामाजिक कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रम गदै आएको र आगामी दिनमा पनि निरन्तरता दिने जानाकारी दिएको छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी संघका जिल्ला अध्यक्ष भीम तुलाचनले कोभिड १९ को जोखिम अवस्थामा पनि लुम्विनी बचत तथा ऋण सहकारीले सामाजिक दुरी कायम राख्दै साहित्य क्षेत्रको महव्वलाई बुझेर कार्यक्रमको आयोजना गरेकोमा सम्मान व्यक्त गदै सम्मानित साहित्यकार डा लामिछानेलाई बधाई तथा आभार व्यक्त गर्नु भयो । त्यस्तै सहकारी ले विभिन्न क्षेत्रमा महव्वपूर्ण भूमिका निर्वाह गदै आएको र सकि नसकि आफना कामलाई अगाडि बढाउदै आएको बताउदै शैक्षिक क्षेत्रमा पनि सहकारी शिक्षालाई जोड दिन आग्रह गर्नु भयो । संस्थाका अध्यक्ष महेश्वर प्रसाद क्षेष्ठले सहकारीले प्रत्येक वर्ष आफनो विभिन्न सामाजिक कार्यक्रम अन्तर्गत साहित्य पुरस्कार पनि स्थापना गदै आएको र आगामी वर्षहरुमा पनि निरन्तरता दिने बताउनु भयो । त्यस्तै कार्यक्रममा नवौ लुम्विनी साहित्य पुरस्कार बाट सम्मानित वरिष्ठ साहित्यकार डा लामिछाने लुम्विनी सहकारीले विगत नौ वर्ष देखि नै साहित्य पुरस्कार स्थापना गर्नु नै सम्पूर्ण साहित्यकारहरुको सम्मान हुनु हो भन्दै यस्ता पुरस्कारले साहित्यक क्षेत्रका व्यक्तिहरुलाई थप उर्जा बढने र निखरता आउनेमा विस्वास व्यक्त गर्नु भयो । कार्यक्रममा संस्थाका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको अध्यक्षता, राष्ट्रिय सहकारी संघका जिल्ला अध्यक्ष भीम तुलाचनको प्रमुख आतिथ्था, वरिष्ठ साहित्यकार डा कपिलदेव लामिछानेको विशिष्ठ आतिथ्था, लुम्विनी साहित्य पुरस्कारका संयोजक अमृललाल श्रेष्ठको स्वागत, साहित्यकारहरु डा हिरण्यलाल ज्ञवाली, विजय सागर , वनमाली निराकार, कृष्ण प्रसाद कोइराला लगायतको शुभकामना मन्तव्य र लुम्विनी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विनोद राणाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । यसै वीच विश्व हिन्दु महासघ जिल्ला शाखा रुपन्देहीले आफनो नियमित बैठक तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । बुटवल उपमहानगरपालिका वडा ४ स्थिीत आफनै भवनको सभाहलमा आयोजित कार्यक्रममा संस्थाबाट प्रकाशित हुने ॐ ज्ञानज्योति पत्रिकाको ८१ औ अंक र नव जागुति बुलेटिन पत्रिकाको १२ औ अंक प्रमुख अतिथि भीम तुलाचन र अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठ बाट विमोचन गरिएको छ । सो अवसरमा विश्व हिन्दु महासंघ जिल्ला शाखा रुपन्देहीमा आजिवन सदस्य बन्ने सदस्यहरुलाई सम्मान र प्रमाण पत्र प्रदान गरिएको थियो । नियमित बैठक तथा सम्मान कार्यक्रममा आज नव जागृति स्पोर्ट क्लवको समेत गठन गरिएको छ । क्लवको संयोजक त्रिविक्रम ह्योजू रहनु भएको छ भने सह संयोजकमा अक्षय श्रेष्ठ र सदस्यमा देवेन्द्र श्रेष्ठ रहनु भएको छ । कार्यक्रम कार्यालका सचिव उर्मिला श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति : सोमबार, मंसिर १५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्