अर्थमन्त्री पौडेल र नेपालका लागि युरोपियन युनियनका राजदूत डेप्रेजबीच शिष्टाचार भेटघाट

अर्थमन्त्री पौडेल र नेपालका लागि युरोपियन युनियनका राजदूत डेप्रेजबीच शिष्टाचार भेटघाट

 

काठमाडौं

अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजबीच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ ।

भेटमा अर्थमन्त्री पौडेलले नेपाल र युरोपियन युनियनबीच सुखद् र असल सम्बन्ध रहेको उल्लेख गर्नुहुँदै नेपालको विकास विशेष गरी शिक्षा, कृषि, स्वास्थ्य, संघीयता कार्यान्वयन, कोभिड-19 न्यूनीकरण र रोकथाममा गर्दै आएको सहयोगको लागि धन्यवाद दिनुभयो।

अर्थमन्त्री पौडेल र राजदूत डेप्रेचबीच द्विपक्षीय सम्बन्ध, पर्यटन प्रवर्द्धन, लगानी अभिवृद्धि, कोभिड-19 महामारीको नियन्त्रण लगायतका विषयमा छलफल भयो। यसैगरी युरोपियन लगानी बैंकको सहयोग थप बिस्तार गर्ने विषयमा पनि छलफल भयो ।

राजदूत डेप्रेचले कोभिड-19 नियन्त्रणका लागि संयुक्त प्रयास गर्नुका साथै सहायता अभिवृद्धि गर्दै जाने बताउनु भएको थियो ।

प्रकाशित मिति : शुक्रबार, मंसिर १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij