काठमाण्डौ
नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको संख्या १५ हजार भन्दा तल झरेको छ ।
गएको २४ घण्टामा दुई हजार दुई सय छ जना कोरोना सङ्क्रमित निको भएसँगै सक्रिय सङ्क्रमितको संख्या १४ हजार दुई सय ५५ मा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमित भएका मध्ये दुई लाख २४ हजार ५३ जना निको भइसकेका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा एक हजार २४ जनामा कोरोना सङ्क्रमण भएसँगै कोरोना सङ्क्रमित हुनेको संख्या दुई लाख ३९ हजार आठ सय ८५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा छ हजार ७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै गएको २४ घण्टामा १० जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार पाँच सय ७७ पुगेको छ ।
प्रकाशित मिति : शनिबार, मंसिर २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्