नयाँ शक्तिको अभियान अर्घाखाँचीमा

नयाँ शक्तिको अभियान अर्घाखाँचीमा

अर्घाखाँची । “अबको निकास समाबेशी बिकास समृद्धि सम्भब छ हाम्रै पालामा” भन्ने मुल नाराले बैकल्पिक शक्तिको रुपमा समुन्नत समाजवादको दिशामा अगाडि बढेको नयाँ शक्ति पार्टी नेपाल यतिबेला देशब्यापी रुपमा एउटा नयाँ अभियान ५ महिना, ५ काम,५ परिणाम को उद्देश्यले लिएर अगाडि बढेको छ ।

यसैअभियान लाइ सफल पार्नेको निम्ति पार्टी जिल्ला समन्वय समितिको को बैठक आज सन्धिखर्कमा सम्पन्न भएको छ ।

पार्टी जिल्ला संयोजक गोकर्ण थापाको अध्यक्षता तथा संचालन, पार्टी केन्द्रिय संरक्षक सदस्य भक्ती प्रसाद आचार्य (राजु नेपाली), खिम ब विश्वकर्मा, छन्द बहादुर पन्थी, साथै पार्टी केन्द्रिय सदस्य टोपबहादुर बलाल, जिन्दक खडका, र पार्टी विभिन्न बिभागका नेता तथा जिल्ला समन्वय समिती सदस्यहरु पुस्तकरनाथ आचार्य, मनिष सिह,रमा आचार्य, महेन्द्र सुनुवार ,दिनेश सुनार, बिष्णु प्रसाद भुसाल, महम्मद अलि, शारादा आचार्य लगायतका नेताहरुको आतिथ्यतामा बैठक बसेको थियो ।

५ महिना, ५ काम,५ परिणाम को छलफल तथा योजनाको निम्ति बसेको बैठकले पुरानो पार्टी सदस्यता नवीकरण तथा नयाँ वितरण गर्ने, राजनैतिक संवाद समितिको गठन गर्ने, आर्थिक परिचालन विभाग गठन गर्ने र प्रेस सोसाइटी जिल्ला समिति गठन गर्ने निर्णय गरेको छ ।

राजनैतिक संवाद समिति पार्टी केन्द्रिय संरक्षक सदस्य तथा जिल्ला इन्चार्ज छन्द बहादुर पन्थीको नेतृत्वमा गोकर्ण थापा, टोपबहादुर बलाल, जिन्दक खड्का, पुस्करनाथ आचार्य, मनिष सिह, दिनेस सुनार, रमा आचार्य र लिलावती पाण्डे सदस्य रहने गरि गठन गरेको छ ।

बैठकमा बोल्दै पार्टीका संरक्षक परिषद सदस्यहरुले अबको ५ महिना जिल्लामा दैनिक गतिविधि बढाउने शुसासन र र प्रादर्शिताको बिषमा विभिन्न कार्य गर्ने र बैकल्पिक शक्तिको अपरिहार्यतालाइ स्थापित गर्दै देशमा भएको अपराध, भ्रस्टाचार,कालोबजारी र अबैज्ञानिकता कु प्रतिफल प्रति सुसूचित र खबरदारी गरि अगाडि बढ्नुको साथै बृहत संगठन बिस्तारमा लाग्दै राजनीति बाट जनताले भोगेको हरेक पिडामा सहयोगीको हस्ती बन्न जनताको घरमा जनताको प्रश्न नयाँ शक्ति उत्तरलाई प्राथमिकता का साथ अगाडि बढाउने कुरामा प्रतिबद्धता जाहेर गरेको छ ।

बैठकले प्रेस सोसाइटीको गठन गरि ९ जना रहने गरि कार्य सम्पादन समितिको गठन गरेको छ ।
समिति
अध्यक्ष= दिनेश सुनार
उपाध्यक्ष = सृजना बि क
सचिव = बिष्णु प्रसाद भुसाल (खुबी)
कोषाध्यक्ष =सन्तोष भुसाल
सहसचिव = अन्जना खनाल (रीजाइन)
सदस्यहरु= पवन आचार्य, भोजराज पौडेल,प्रेम हिताङ्ग, र प्रकाश सुनुवार

प्रकाशित मिति : शनिबार, मंसिर २२ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij