काठमाडौं -दक्षिण कोरियाका लागि नेपालका पूर्व राजदूत एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य कमानसिंह लामाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
१४ दिनअघि कोरोना संक्रमण भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगंजमा भर्ना भएका उनको गए राति मृत्यु भएको हो । लामालाई प्रेसर, सुगरको समस्यासँगै किड्नीमासमेत समस्या थियो । उनको पार्थिव शरीर बिहीबार बिहान नेपाली सेनाले व्यवस्थापन गर्ने पारिवारिक स्रोतले जनाएको छ ।
नेता लामा विसं. २०४८ मा राष्ट्रिय जनमोर्चाको तर्फबाट काभ्रेपलाञ्चोक जिल्लाबाट सांसदमा विजयी भएका थिए । संविधानसभा विधायकसमेत रहेका लामा काभ्रेका दिग्गज कम्युनिष्ट नेताका रुपमा चिनिन्थे ।
वौद्धिक व्यक्तिको रुपमा चिनिएका लामा सन् २०१२ देखि १६ सम्म दक्षिण कोरियाको राजदूत थिए । पूर्व सांसदसमेत रहेका तामाङ घेदुङका केन्द्रीय सल्लाहकार हुन् । उनको निधनले उत्पीडित वर्गको पक्षको लड्ने लडाकु गुमाएको नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले बताए ।
प्रकाशित मिति : बिहिबार, मंसिर २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्