बालुवाटार पुगेर प्रचण्डको आग्रहपछि संवैधानिक परिषद् बैठक स्थगित

बालुवाटार पुगेर प्रचण्डको आग्रहपछि संवैधानिक परिषद् बैठक स्थगित

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गर्नुभएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ । परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने सहमति भएको भोलिपल्ट प्रधानमन्त्री ओलीले बालुवाटारमा बेलुकी ५ बजेका लागि बैठक आह्वान गर्नुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको अध्यादेश फिर्ता नहुँदै बैठक बस्न नमिल्ने भन्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार पुगेर आग्रह गर्नु भएपछि बैठक स्थगित भएको हो । अध्यक्ष प्रचण्ड बालुवाटार पुगेर बैठक स्थगित गर्न आग्रह गरेर फर्कनुभएको र त्यसपछि ओलीले बैठक स्थगित गर्नुभएको स्रोतले जनाएको छ ।

अध्यादेश फिर्ता नहुँदै सहमति उल्लङ्घन गर्दै ओलीले बैठक आह्वान गरेको भन्दै नेकपाका नेताहरू असन्तुष्ट बनेका छन् । ओली अध्यादेश फिर्ता गर्न तयार भए पनि अध्यादेश फिर्ता भने भइसकेको छैन ।

सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठकले समेत अध्यादेश फिर्ता लिने निर्णय गरेको भए पनि अहिलेसम्म राष्ट्रपति कार्यालय शीतल निवासमा औपचारिक जानकारी गएको छैन । अध्यादेश फिर्ता गर्नेबारे कार्यालयमा कुनै औपचारिक जानकारी प्राप्त नभएको राष्ट्रपति कार्यलयका सचिव हरि पौडेलले  जानकारी दिनुभयो ।

प्रकाशित मिति : बिहिबार, पुष २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij