बर्दियामा नयाँ शक्तिको ५ महिने अभियान

बर्दियामा नयाँ शक्तिको ५ महिने अभियान

बर्दिया । नयाँ शक्ति पार्टी, नेपाल बर्दिया जिल्ला समन्वय समितिको पूर्ण बैठकले जिल्लाका सबै स्थानीय तहहरुमा ५ महिने संगठन विस्तार विशेष अभियान संचालन गर्ने निर्णय गरेको छ ।

शनिबार गुलेरियामा सम्पन्न बैठकले बिपिन पौडेलको संयोजकत्वमा १३ सदस्यीय जिल्लाको विशेष अभियान परिचालन समिति गठन गरी पार्टीको सांगठनिक कामलाई तीव्रता दिने निर्णय गरेको हो ।

विशेष अभियान परिचालन समितिमा नैनसिंह ओली, चनक थारु, मोहनलाल चौधरी, रामकुमार चौधरी, राज कुमार यादव, दामोदर डोटेल, दिलिप पंगेनी, देवी प्रसाद पौडेल, हसिन अलि मनियार, आशा सञ्जेल, लिला भट्टराई र नर बहादुर बोहोरा रहेका छन् ।

त्यस्तै बैठकले जिल्ला समन्वय समिति पुनर्गठन गरी ६१ सदस्यीय समिति बनाएको छ भने १९ सदस्यीय जिल्ला सचिवालयसमेत गठन गरेको छ । बैठकले विभिन्न सांगठनिक निर्णयहरु गर्दै आर्थिक विभाग प्रमुखमा नारायण पौडेल, प्रचार विभाग प्रमुखमा ई. कृष्ण पौडेल एवं प्रशिक्षण विभाग प्रमुखमा मोहनलाल चौधरीलाई चयन गरेको जिल्लाका अभिप्रेरक केशव पौडेलले जानकारी दिए ।

बैठकलाई सम्बोधन गर्दै नयाँ शक्ति पार्टीका केन्द्रीय कार्यकारी सदस्य एवं प्रदेश नं. ५ का प्रवक्ता मनिकर कार्कीले देशलाई विकास र समृद्धिको दिशामा अग्रसर गराउँदै नागरिकको दैनिकी फेर्ने गरी उपलब्धि हासिल गर्न वैकल्पिक राजनीति अपरिहार्य रहेको बताए । उनले नयाँ शक्तिले मात्रै अबको युगको आवश्यकता र नयाँ पुस्ताको मनोभावना अनुसार देशलाई प्रगतिपथमा लैजाने दाबी गरे ।

त्यस्तै बैठकलाई सम्बोधन गर्दै पार्टीका जिल्ला अभिप्रेरक केशव पौडेल, संयोजक मोहनलाल चौधरी, विपिन पौडेल, दिलिप पंगेनी, नर बोहरा, तीर्थ बहादुर चन्दलगायतले नयाँ शक्तिको विचारलाई घरघरमा पुर्याउनु पर्ने बताए ।

प्रकाशित मिति : आइतबार, मंसिर २३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij