रुपन्देही काँग्रेसद्धारा मेलमिलाप दिवशको अबसरमा भैरहवामा बिचार गोष्ठि

रुपन्देही काँग्रेसद्धारा मेलमिलाप दिवशको अबसरमा भैरहवामा बिचार गोष्ठि

ओली सरकारको असंबैधानिक कदम बिरुद्ध काँग्रेस एक ढिक्का भएर अगाडी बढ्छ :काँग्रेस नेता खाँण

बुटवल

नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्वरक्षा मन्त्री बालकृष्ण खाँणले लोकतन्त्र र संविधानको रक्षा गर्ने जिम्मेबारी नेपाली काँग्रेसको काँधमा आएको बताउनु भएको छ । राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस रुपन्देहीले भैरहवा स्थित पार्टी कार्यालयमा गरेको बिचार गोष्ठिलाइ सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेता खाँणले लोकतन्त्र र संविधान रक्षाकालागि नेपाली काँग्रेस बलियो भएर अगाडी बढ्ने बताउनु भएको हो ।

नेता खाँणले जनताका मौलीक अधिकार खोसेर सुरु देखि नै अधिनायकबाद लादन खोजेको ओली सरकारले संसद बिघटन गरेर असंवैधानिक र अलोकतान्त्रीक काम गरेको बताउनु भयो । ओली सरकारको असंबैधानिक कदम बिरुद्ध नेपाली काँग्रेस एक ढिक्का भएर अगाडी बढ्ने पनि उहाँले बताउनु भयो । संविधान र लोकतन्त्रको रक्षा गर्दै मुलुकलाइ सहि दिशा दिन नेपाली काँग्रेस सडकमा निस्कीएको भन्दै उहाँले देश र जनताकालागि जस्तो सुकै बलिदान दिन काँग्रेस तयार रहेको बताउनु भयो ।

कार्यक्रमका बिशिष्ट अतिथि नेपाली काँग्रेसका नेता तथा पुर्वमन्त्री भरतकुमार शाहले कम्युनिष्टहरु कहिल्यै लोकतन्त्रबादी हुनै नसक्ने बताउनु भयो । ओली सरकारका असंवैधानिक र जनाधिकार बिपरितका कदमले सो कुराको पुष्टि गरेका भन्दै उहाँले संविधान र जनताको अधिकार रक्षा गर्ने जिम्मेबारी काँग्रेसले मात्रै पुरा गर्न सक्ने बताउनु भयो ।

नेपाली काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाकको सभापतित्व भएको कार्यक्रममा काँग्रेस रुपन्देहीका पुर्व सभापती रामचन्द्र ढकाल,काँग्रेस लुम्बिनी प्रदेश संसदिय दलका प्रमुख सचेतक फकरुद्धिन खाँन, प्रदेश सांसद रमा अर्याल,पार्टी उपसभापती फणिन्द्र शर्मा,सचिव हरी काफले, क्षेत्र नं. ५ का सभापती वसिउल्लाह मुसलमान,क्षेत्र नं. ३ प्रदेश क का सभापती पुरन श्रेष्ठ,सिद्धार्थनगर नगरसभापती दिलीप धिताल,नेपाल बिद्यार्थी संघ का केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल ,उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य महेन्द्र श्रेष्ठ ,लगायतले बोल्नु भएको थियो ।

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ २०३३ साल पौष १६ गते काँग्रेसका संस्थापक विपि कोइराला, गणेशमान सिंह लगायतका नेताहरु ८ बर्ष लामो निर्वाशन अन्त्य गरी स्वेश फर्कीएको दिनलाइ नेपाली काँग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवशको रुपमा मनाउदै आएको छ ।

 

प्रकाशित मिति : बिहिबार, पुष १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij