काठमाडौँ ।
संसद विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइका क्रममा कानुन व्यवसायीहरुको विरोधपछि न्यायाधीश हरिकृष्ण कार्की संवैधानिक इजलासमा नबस्ने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा कानुनी सल्लाहकार रहेको भन्दै संवैधानिक इजलासमा उनको सहभागितामाथि अधिवक्ताहरुले प्रश्न उठाएपछि न्यायाधीश कार्की संवैधानिक इजलासबाट बाहिरिएका हुन्।
वकिलहरुले न्यायाधीश कार्की इजलासमा हुँदा स्वार्थ बाझिने भन्दै त्यसको विकल्पमा बृहत इजलास गठन गर्न माग गरेका थिए। रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र वरिष्ठ अधिवक्ता शम्भु थापाले अदालतको जनअस्था खल्बलिने अवस्था सिर्जना हुने भन्दै न्यायाधीश कार्कीलाई संवैधानिक इजलासमा राख्न नहुने बताएका थिए।
यस्तै संवैधानिक इजलासमै सुनुवाई गर्ने कि बृहत इजलास गठन गर्ने भन्ने विषयमा न्यायाधीशहरु र कानुन व्यवसायीहरुबीच सवाल जवाफ हुँदा सुनुवाइ प्रभावित भएको छ। सुनुवाइ अर्को बुधबारसम्मका लागि स्थगित भएको छ।
प्रकाशित मिति : बुधबार, पुष २२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्