बुटवल
नेपाल कम्युुनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समुहका नेता युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लोकतन्त्र नै बिर्सजन गर्न खोजेको आरोप लगाएका छन । नेकपा प्रचण्ड–माधव समुहको लुम्बिनी प्रदेस इन्चार्ज रहेका ज्ञवालीले कम्युनिष्ट आन्दोलन र लोकतन्त्र मासेर ओली आफै राजा बन्न खोजेको आरोप लगाएका हुन ।
शनिबार बुटवलमा भएको पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले ओलीलाइ केशरजंग रायमाझीसंग तुलना गर्दै भने ‘केशरजंगले राजाबाट कु गराएर लोकतन्त्र राजालाइ सुम्पेका थिए ,ओलीले संविधानमाथि कु गररेर आफै राजा बन्न खोज्दैछन’ । ओली रायमाझी भन्दा ठुला र खतरनाक प्रतिगमनकारी भएको टिप्पडी उनले गरे । कम्युनिष्टको खोल ओडेर कम्युनिष्ट पार्टीलाइ नै सिद्धयाउन लाग्ने ओली कम्युनिष्ट हुनै नसक्ने भन्दै उनले अहिले ओली पक्षमा देखिएका नेता आफनो पार्टीमा आउने दावी गरे ।
ओलीले खतम पार्न लागेको व्यवस्था,देश र पार्टी बचाउन आफुहरु सडकमा आउन बाध्य भएको भन्दै उनले ओली र ओली प्रवृत्तिलाइ बिफल बनाएरै छोडने दोहोरयाए । प्रदेश इन्चार्जको जिम्मेबारी पाएपछि पहिलो पटक बुटवलमा पत्रकार सम्मेलन गर्दै ज्ञवालीले प्रतिनिधि सभा पुर्नस्थापना हुने र चुनाव चिन्न आफुहरुले पाउने बताए । ज्ञवालीले अदालतलाइ संविधान व्याख्या गर्ने अधिकार भएपनि सांसोधन गर्ने अधिकार नभएको टिप्पडी गरे ।
नेकपाको प्रचण्ड–माधव समुहले माघ १५ गते बुटवलमा बिरोध सभा गर्दैछ । सो कार्यकम बारे जानकारी दिन बुटवल स्थित पुष्पलाल स्मृति भवनमा पत्रकार सम्मेलन गरीएको हो । बिरोध सभामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने केन्द्रिय सदस्य ठाकुर गैरेले जानकारी दिए ।
प्रकाशित मिति : शनिबार, माघ १० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्