दाङ ।
कुटपिट गरी आफ्नै जेठानीको हत्या गरेको अभियोगमा दाङ प्रहरीले १ जना महिला देउरानीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ घर भएकी ४४ वर्षीया भगवती बुढाथोकी छन् । प्रहरीका अनुसार भगवती र उनकी जेठानी ४८ वर्षीया आइती बुढाथोकीबीच घरायसी विषयमा विवाद हुने गरेको थियो ।
पछिल्लो समय माघ २ गते राति भगवतिले जेठानी आइतीमाथि कुटपिट गरेकी थिइन् । देउरानी भगवतिले कुटपिट गर्दा गम्भीर बिरामी परेकी आइतीलाई नेपालमा उपचार सम्भवन नभएपछि भारतको लखनउ लगिएको थियो । भगवतिले कुटपिट गर्दा आइतीको टाउकोमा गम्भीर चोट लागेको थियो ।
लखनउमा उपचारकै क्रममा आइतीको शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । कुटपिटबाट गम्भीर घाइते आइतीको उपचारकै क्रममा मृत्यु भएको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले कुटपिट गर्ने भगवती बुढाथोकीलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकी भगवतिमाथि कर्तव्य गरी ज्यान मारेको कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
प्रकाशित मिति : आइतबार, माघ ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्