बुटवल।
लुम्बिनी प्रदेशमा कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ। आज लुम्बिनी प्रादेशिक अस्पतालमा एक कार्यक्रमका बिच मुख्यमन्त्री शंकर पोखरेलले खोप अभियानको सुरुवात गरेका छन्।
अभियानसंगै लुम्बिनी प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले पहिलो खोप लगाएका छन्।
लुम्बिनी प्रदेशमा ३९ हजार ४ सय ९५ जनाको लागि ८७ हजार ६ सय ७९ डोज खोप आएको सामाजिक विकास मन्त्रालयका सुचना अधिकारी डा। पुष्पराज पौडेलले बताए। त्यस मध्ये सबै भन्दा बढी रुपन्देहीको लागि ३३ हजार ४ सय २० डोज छुट्याइएको छ।
बाँकेको लागि १७ हजार ९० डोज, दाङमा ६ हजार ५ सय ९०, कपिलबस्तुमा ४ हजार ५ सय ४०, प्युठानमा २ हजार ३ सय ६०, बर्दियामा ४ हजार ३ सय ६०, अर्घाखाँचीमा ३ हजार ८ सय ५० डोज खोप पठाइने भने नवलपरासी पश्चिममा २ हजार ३ सय ८०, रुकुमपूर्वमा २ हजार ४०, गुल्मी ४ हजार १ सय ८०, पाल्पामा ५ हजार ४ सय ६०, प्युठानमा २ हजार ३ सय ६० र रोल्पामा २ हजार ४ सय २० डोज कोभिड १९ विरुद्धको खोप पठाइने पौडेलले बताए।
प्रकाशित मिति : बुधबार, माघ १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्