अब घुँडा टेक्नु पर्ने कुनै अवस्था छैनः प्रधानमन्त्री ओली

अब घुँडा टेक्नु पर्ने कुनै अवस्था छैनः प्रधानमन्त्री ओली

cflbjf;L hghflt dxf;ª3sf] /fli6«o e]nf pb3f6g sfo{qmd sf7df8f}+, !$ df3 M k|wfgdGqL s]kL zdf{ cf]nL a'waf/ cflbjf;L hghflt dxf;ª3 s]G›Lo sld6Låf/f sf7df8f}Fdf cfof]lht …cflbjf;L hghflt dxf;ª3 g]kfnsf] /fli6«o e]nf @)&&Ú pb3f6g sfo{qmdnfO{ ;Daf]wg ub}{ . tl:a/ M rG›snf If]qL÷/f;;

काठमाडौँ ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेपालको स्वाभिमान माथि उठाउन र विकासका सबालमा आफूले घुँडा नटेक्ने बताएका छन् । चितवनमा शनिबार आयोजित नेकपा ओली समूहको सभालाई सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले यसअघि कुनै पनि कठिन परिस्थितिमा घुँडा नटेकेको भन्दै नेपालको स्वाभिमान बचाउन आफूले अगुवाई गर्ने बताए । निरंकुश राजतन्त्र हुँदा घुँडा टेकिएन । पञ्‍चायती तानाशाही हुँदा घुँडा टेकिएन । कुनै पनि अवस्थामा घुँडा टेकिएन । नेल, हत्कडी लगाएर गोलघरमा थुन्दा घुँडा टेकिएन । अब घुँडा टेक्नुपर्ने कुनै अवस्था छैन, ओलीले आग्रह गर्दै भने, नेपालको स्वाभिमानलाई माथि उठाइन्छ साथीहरु ढुक्क हुनुस् ।

देशको रक्षाका लागि आफूले नेतृत्व गर्ने भन्दै उनले जनतालई धोका नदिनेसमेत बताए । तपाईंहरुले धोका पाउनुहुन्‍न, देशको राष्ट्रियता रक्षा, राष्ट्रिय हितको रक्षा, स्वाधिनताको सही अर्थमा रक्षा र प्रयोग, जमिनको रक्षा अहिलेको सरकारले गर्नेछ । त्यसको अगुवाई मैले गर्नेछु तपाई्रहरु ढुक्क हुनुस्, प्रधानमन्त्रीको आग्रह थियो ।

केही वर्षभित्र जनताले अनुभूत गर्ने गरी विकास गर्न सरकार लागीपरेको उनले बताए । दाजुभाइ, दिदीबहिनीहरु ढुक्क हुनुस् । देशको विकास गरेरै छोडिन्छ, केही वर्षभित्रै जनताले अनुभूत गर्नेगरी विकास हुन्छु उनले भने । आफू प्रधानमन्त्री भएपछि राष्ट्रियता, लोकतन्त्र, विकास निर्माण, शिक्षा स्वास्थ्य क्षेत्रका पूर्वाधार विकासको पक्षमा काम गरेको भन्दै उनले आत्मविश्वासका साथ अगाडि बढ्न नेता, कार्यकर्तालाई आग्रह गरे ।

प्रकाशित मिति : शनिबार, माघ १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij