सैनामैना दलित उत्थान समिती द्धारा भूमि आयोग लगत संकलन कार्य सम्बन्धि अन्तरक्रिया सम्पन्न

सैनामैना दलित उत्थान समिती द्धारा भूमि आयोग लगत संकलन कार्य सम्बन्धि अन्तरक्रिया सम्पन्न

सैनामैना

सैनामैना नगरपालिकामा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोवासको व्यवस्थापन गर्ने प्रक्रियालाई नगरपालीकाले अगाडि बढाए संगै सैनामैना दलित उत्थान समिती सैनामैना रुपन्देहिको आयोजनामा भूमि आयोग लगत संकलन कार्य सम्बन्धि अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम (आज )सोमबार सम्पन्न भएको छ ।

पछिल्लो समय दलित समुदायको विभिन्न क्षेत्रमा काम गर्दै आएको सैनामैना दलित उत्थान समितीले सैनामैनाको कलौनीमा रहेको ह्वाईट हाउस पार्टी प्यालेसमा आयोजित उक्त अभिमुखीकरण कार्यक्रममा नगरपालिकाका राजस्व अधिकृत एवम भूमिहीन दलित ,भूमिहीन सुकुम्बासीे तथा अव्यवस्थित बसोवासी एकाईका फेकल पर्शन सन्त कुमार चौधरीले प्रशिक्षण तथा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा चौधरीले “भूमिहिन दलित वा भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवास भएकालाई जग्गा उपलब्ध गराउने कार्य स्पष्ट कानुनसहित तीब्र रुपमा अघि बढेको जानकारी दिदै लगत संकलनमा एकताबद्द भएर लाग्न आग्रह गर्नुभयो । नेपाल सरकारले ल्याएको योजनालाई नगरपालीकाले कार्यान्वयन गर्दै नियम र कानुन अनुसार जग्गाधनी पूर्जा उपलब्ध गराउने बताउनु भयो । ”

“माघ महिनाभरी अव्यवस्थित बसोवासको लगत संकलन गर्ने र भूमिहिन दलित वा भूमिहिन सुकुम्वासीलाई आवासका लागि १ कठ्ठा र कृषिलाई ६ कठ्ठा सम्म जग्गा उपलब्ध गराउने कानुनी व्यवस्था भएबमोजिम प्रक्रिया पुर्याएर वितरण गरिने छ, त्यसकारण यहां बसोवास गर्ने कोहि नछुट्न र नदोहोरिउन भन्नका लागि गणक तथा जनप्रतिनिधीहरुले लगत संकलनका क्रममा पहिचान गर्ने भएकाले उक्त कार्यका सबैले साथ दिनुपर्ने कुरामा जोड दिनु भयो । ”

सैनामैनामा नगर स्तरीय भूमि सम्बन्धी समस्या समाधान सहजीकरण समिति र वडास्तरीय भूमि सम्बन्धी समस्या समाधान सहजीकरण समिति गठन भैसकेको जानकारी दिदै चौधरीले “भूमि सम्बन्धी समस्या समाधान आयोगले २०७७।१०।०९ गते प्रथम पटक सूचना प्रकाशित गरि सकेकाले आयोगले तोकेको ढाँचा बमोजिम निवेदन फाराम भरी मिति २०७७ फागुन १३ गतेभित्र वडा कार्यालय मार्फत् घरदैलोमा खटिएका लगत संकलन वा सम्बन्धित वडा कार्यालयमा फारममा उल्लेखित विवरणलाई पुष्ट्याईं गर्ने प्रमाण कागजात सिधै पेश गरिसक्नु पर्ने बताउनु भयो ।”

कार्यक्रममा सैनामैना दलित उत्थान समितीका अध्यक्ष सुरज बरालले “सरकारले ल्याएको योजनालाई सफल पार्न तथा उक्त कार्यमा बिशेष सहभागी बन्नका लागि नगर भित्र रहेका सबै दलित समुदायलाई आग्रह गर्नु भयो ।स्थानिय स्तरमा खटिएका गणकहरुलाई फारम भर्न तथा स्थानिय स्तरमा रहेका दलित समुदायलाई यस प्रति चनाखो गराउनका लागि समेत पहल गर्न समेत जोड दिनुभयो । ”

कार्यक्रममा सहभागिहरुले लगत संकलन र फारम बारे बिभिन्न जिज्ञाशा राखेका थिए भने त्यसको सहजीकरण चौधरीले गर्नु भएको थियो ।

अभिमुखीकरण कार्यक्रममा सैनामैना दलित उत्थान समितीका नगर तथा वडाका पदाधिकारी सदस्यहरुको सहभागिता रहेको सो कार्यक्रम संस्थाका नगर अध्यक्ष सुरज बरालको अध्यक्षता ,उपाध्यक्ष कुमार नेपालीको स्वागत मन्तव्य तथा सचिब सुरेन्द्र परियारको सञ्चालनमा सम्पन्न भएको महासचिब सन्तोष परियारले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : सोमबार, माघ १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij