फ्रेडो रुपन्देही आयोजनामा तिलोत्तमा मा१ हप्ते अचार बनाउने तालिम सम्पन्न

फ्रेडो रुपन्देही आयोजनामा तिलोत्तमा मा१ हप्ते अचार बनाउने तालिम सम्पन्न

तिलोत्तमा

करुणा जर्मनीको सहयोगमा दलित महिला संघ फेडो रुपन्देही, ग्रिन तारा नेपाल र रिड नेपाललको संयुक्त साझेदारीमा कर्मठ बालिका दलित तथा सिमान्तकृत समुदायका बालिकाहरुको शैक्षिक उपलब्धी प्रवर्धन परियोजना अन्तरगत उनिहरुको बालिकाको अभिभाबकहरुलाई दलित महिला संघ रुपन्देहिको आयोजनामा १ हप्ते अचार बनाउने तालिम सम्पन्न भएको छ ।

तिलोत्तमा नगरपालिका वडा न.२,३ र ४ का २६ जना महिलाको सहभागितामा सञ्चालन गरिएको उक्त तालिमको(आज) सोमबार तिलोत्तमा ४ मा रहेको जनज्योती मा.बी को सभाहलमा एक कार्यक्रमका बिच समापन गरिएको हो ।

समापन कार्यक्रममा बोल्दै तिलोत्तमा ४ अध्यक्ष दिवाकर ढकालले तालिमले “महिलाहरु आत्मनिर्भरका साथै स्वरोजगार हुने भएकाले यस्ता किसिमका तालिमहरु सिकीसके पश्चात व्यबहारमा समेत लागु गर्नु पर्ने कुरामा जोड दिनु भयो ।तालिम पश्चात उद्यमी बन्न चाहानेको लागि वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त समेत व्यक्त गर्नु भयो ।

समापन कार्यक्रममा बोल्दै फेडो रुपन्देही अध्यक्ष मनु खड्काले आफुहरुले जनचेतनामुलक कार्यक्रमहरु गर्दै जाने बताउँदै सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।

प्रशिक्षार्थीहरु माया बिक, सरस्वती अर्यालले बोल्दै सिपलाई आफुले व्यवहारमा उतार्ने बताउँदै यस्ता किसिमका तालिमहरु लाभदायक हुने बताए भने एक हप्ता सम्म चलेको उक्त तालिमको प्रशिक्षण तथा सहजीकरण महिला उद्यमी पार्वती गिरीले गर्नु भएको थियो ।कार्यक्रममा अचार बनाउनको लागि आवश्यक पर्ने सामाग्रिहरु र बोतलहरु प्रशिक्षार्थिलाई हस्तान्तरण समेत गरिएको थियो ।

कार्यक्रम फेडो रुपन्देही अध्यक्ष मनु खड्काको अध्यक्षता, जिवीको पार्जन कार्यक्रम संयोजक साबि बिकको सञ्चालन तथा ग्रिन तारा नेपालका स्वास्थ्य प्रवद्धक महेन्द्र दर्नालको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : सोमबार, माघ १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij