भारतीय अभिनेता राजीव कपूरको निधन

भारतीय अभिनेता राजीव कपूरको निधन

काठमाडौं । भारतीय अभिनेता राजीव कपूरको मंगलबार निधन भएको छ ।

 

राजीव कपूरको हृदयाघातका कारण निधन भएको उनका ठूला दाजु रणधीर कपूरले बताएको बीबीसीमा जनाएको छ ।  राजीव कपूर ५८ वर्षका थिए । उनी राज कपूरका कान्छो छोरा थिए भने रणधीर कपूर र ऋषि कपूरका भाइ थिए ।

 

उनले राज कपूरको फिल्म ‘राम तेरी गंगा मैली’बाट फिल्मी यात्रा सुरु गरेको थिए । त्यो फिल्म निकै सफल रहेको थियो । यद्यपि राजीव कपूरले धेरै फिल्ममा काम गरेनन् ।  ऋषि कपूरको निकै चर्चित फिल्म ‘प्रेम ग्रंथ’ लाई राजीव कपूरले निर्देशन गरेका थिए ।

प्रकाशित मिति : मंगलबार, माघ २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij