बुटवल-मेचि महाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेश अन्तरगत रुपन्देही ,कपिलबस्तु र पाल्पा समितीको संयुक्त आयोजनामा आज सनिवार शैक्षिक सामग्री तथा व्याग वितरण तथा बाल यौन हिंशा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । पाल्पाको रैनादेवि छहरा गाउपालिका वडा नम्बर ७ मा रहेको श्री गहते माध्यमिक बिद्यालयमा बिभिन्न सामग्री वितरण गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर अर्थविद् डा.चिरन्जीवी नेपालले १४०जना बिद्यार्थीहरुका लागी आवश्यक कपि, कलम , मास्क र व्याग लगायतका सामग्री बिद्यालयका प्रधानाध्यापक भोज प्रसाद खड्कालाई प्रदान गर्नु भयो । सामग्री प्रदान गर्दैे नेपालले “मेचि महाकाली बुहारी संयुक्त आवाजको उद्धेश्य नै सामाजिक सेवा भएको बताउदै यस्ता कार्यक्रमले बालबालिकाहरुलाई पठनपाठनमा थप सहयोग पुग्ने बिश्वास ब्यतm गर्नुभयो । कतिपय ठाउँमा यसरी सहयोग स्वरुप प्रदान गरिएका सामग्रीको सही सदुपयोग नभएको बताउदै शैक्षिक सामग्रीको सही सदुपयोग गर्नु पर्नेमा जोड दिनु भयो ।सहयोग सानो ठुलो नहुने बताउदै नेपालले भावनात्मक सहयोगले सम्बन्ध बलियो हुने बिश्वास ब्यतm गर्नुभयो । भौगोलिक विकटताका कारण राज्य र विभिन्न संघ संस्थाको नजरमा पुग्न नसकेको यो बिद्यालयमा अपुग भएका बिषयका बारेमा सम्बन्धित निकायलाई झक्झकाउन स्थानिय नै जुट्नु पर्ने कुरामा जोड दिनु भयो ।पछिल्लो समय बालिकाहरु हरेक क्षेत्रमा अशुरक्षि भएको बताउदै लैड्गिक हिंशा,बाल विबाह न्युनिकरणका लागि अभिभावक सचेत हुने हो भने त्यस्ता अपराधको अन्त्य हुन धेरै समय नलाग्ने बताउनु भयो । अबिभावकले आफना बालवालिका प्रति सधै सकरात्मक निगरानी राख्नु पर्ने भन्दै नेपालको बेरोजगारी कम गर्न शिक्षा क्षेत्रमा बालबालिकालाई निरन्तर प्रेरणा सहित लगानी गर्न समेत अबिभावकलाई आग्रह गर्नु भयो । ”
त्यस्तै कार्यक्रममा मेभि महाकाली बुहारी संयुक्त आवाजका केन्द्रिय सल्लाहाकार सुर्य हरि मरहठ्ठाले “जव सम्म शिक्षा क्षेत्रमा व्यापारीकरणको अन्त्य हुदैन तव सम्म नेपालका निम्न वर्गिय अबिभावकका सन्तानले राम्रो र गुणस्तरिय शिक्षा पाउन नसक्ने जिकिर गर्नु भयो । शिक्षा,स्वास्थ्य क्षेत्रमा जब सम्म समुदायको पहुंच पुग्दैन तव सम्म समाजमा रहेका हानिकारक मुल्यममान्यता र नकरात्मक विभेदको अन्त्य गर्न नसकिने बताउनु भयो ।”
बिद्यालयका प्रधानाध्यापक भोज प्रसाद खड्काले“कुनै पनि सहयोग सानो नहुने भन्दै मेचिमहाकाली बुहारी समाज लुम्बिनी प्रदेशले आफ्नो बिद्यालय छनोट गरेकोमा धन्यबाद ब्यतm गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा ब्यतm गर्नुभयो । ” संस्थाका कपिलबस्तु सहसंयोजक देवकला सुबेदीले “लैङ्गिक हिंशा अन्त्यका लागि आफुहरुले देश भरि अभियान चलाएको बताउनु भयो ।समस्यामा परेका जो कोहिलाई पनि सकेको सहयोग र उद्दार गर्ने भएकाले पनि बिद्यार्थीको पठनपाठनमा सहयोग पुगोस भन्ने उद्देश्यले उक्त बिद्यालय छनोट गरेको तर्क गर्नु भयो ।”
संस्थाका लुम्बिनी प्रदेश संयोजक लता खड्काले “बिद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्न पाउदा खुशी व्यक्त गर्दै बिद्यालयमा आवश्यक सामग्रीको बारेमा जानकारी गराउन आग्रह समेत गर्नु भयो ।कुनै पनि बालबालिका शिक्षाको पहुंचबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ खड्काले आफना बुवा आमाको नाममा उक्त बिद्यालयमा श्री नारायण राधा खड्का मेची महाकाली संयुक्त आवाज लुम्बिनी प्रदेश नामक रु. एक लाखको अक्षय कोषको समेत स्थापना गर्नु भयो ।”
बिद्यालयका शिक्षक अबिभावक तथा विद्यार्थीहरु, आयोजक संस्थाका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको उक्तकार्यक्रम संस्था कि लुम्बिनी प्रदेश संयोजक लता खड्काको अध्यक्षता, कपिलबस्तु संयोजक चन्द्रा अर्यालको स्वागत मन्तव्य तथा सचिव ईन्द्रा कुमारी विकको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति : आइतबार, फाल्गुन १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्