बुटवल
पश्चिमान्चल यातायात ब्यवसायी समितिले ढुवानी ब्यवसायी समिति रुपन्देहीका नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ ।
विहिबार एक कार्यक्रमका बिच समितिका अध्यक्ष यम प्रसाद पाण्डे, नेपाल यातायात ब्यवसायी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेल, जित बहादुर भाट, माधव नेपाल, समितिका वरिष्ठ उपाध्यक्ष प्रताप बहादुर कार्कीले नवनिर्वाचित कार्यसमितिलाई खादा र अबिर लगाएर सम्मान गरेका हुन ।
सो अवसरमा समितिका अध्यक्ष यम प्रसाद पाण्डेले सम्मानको संस्कार र संस्कृतिको विकास गर्न सम्मान कार्यक्रम आयोजना गरिएको बताए ।
पछिल्लो समय सरकारबाट लगातार पेट्रोलियम पदार्थको मुल्यवृद्घि गर्दा आफुहरुको ब्यवसाय संकटमा परेको पनि उनले बताए । आफुहरुको पीडामा सरकारबाट कुनै कुराको पनि आशा नै हराएको गुनासो गरे।
कार्यक्रममा ढुवानी व्यवसायी समितिको अध्यक्षमा श्यामराज हमाल ठकुरीले दुई संस्था एकअर्काको पुरक भएको भन्दै ब्यवसायिक हितका लागि एक भएर अगाडी बढ्ने बताए ।
हालै सम्पन्न ढुवानी समितिको अधिवेसनबाट नवनिर्वाचित अध्यक्षमा श्यामराज हमाल ठकुरीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष अनिल श्रेष्ठ, प्रथम उपाध्यक्ष रामकाजी क्षेत्री, द्घितिय उपाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, महासचिव रामप्रसाद गैरे, सचिव गोबिन्द श्रेष्ठ, कोषाध्यक्ष शंकर कोईराला, सदस्य रामनारायण ठाकुर, कमलराज ढुगाना, माधव प्रसाद आचार्य, उज्जल केसी निर्वाचित भएका थिए।
प्रकाशित मिति : बिहिबार, फाल्गुन २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्