काठमाण्डौ – पुनर्स्थापनापछि बसेको प्रतिनिधि सभाको पहिलो बैठक नै तनावपूर्ण बनेको छ । केहीबेर बसेको बैठक फेरि बस्ने अवस्था नभएपछि २६ गते बुधबारसम्मका लागि स्थगित भएको छ ।
सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संसदमा पेस गर्न नहुने भन्दै नेकपाको प्रचण्ड–नेपाल समूहले संसद्को बैठक नै बहिष्कार गरेको छ भने नेपाली कांग्रेसका सांसदले नाराबाजी गर्दै उठेर विरोध गरेका थिए ।
बहिष्कार र विरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले १० मिनेटका लागि स्थगित गरेको बैठक फेरि बस्न सकेन ।
प्रकाशित मिति : आइतबार, फाल्गुन २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्