काठमाडौं : नेकपा एमालेको ओली इतर समूहको कार्यकर्ता भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक प्रस्ताव पेस गरेका छन्। ललितपुरमा आजदेखि नेता नेपाल पक्षले दुई दिने कार्यकर्ता भेला गरेको हो।
भेलामा प्रस्तुत गरेको प्रतिवेदनमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको विचार र व्यवहारले कारणले एकपछि अर्को समस्या थपिँदै गएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
प्रतिवेदनमा भनिएको छ, ‘एमालेले बनाएको सैद्धान्तिक जगमा नेकपा माओवादी केन्द्रसमेत एकता गरेर मुलुकको समृद्धि र समाजवादतर्फ अगाडि बढ्ने पर्याप्त वस्तुगत तथा मनोगत अवस्थामा थियौँ। पार्टी अध्यक्ष कमरेड केपी ओलीका विचार र व्यवहारले एकपछि अर्को समस्या थपिँदै गए।’
ओलीले नाजायज सुविधा दिएर भए पनि पार्टी एकतालाई जोगाउन अनेकौँ प्रयत्न गरे पनि कम्युनिष्ट पार्टीलाई विभाजन गर्ने दिशामा नै अगाडि बढिरहेको दाबी गरिएको छ।
‘नाजायज सुविधाको पराकाष्टा वामपन्थीहरूको अद्वितीय बहुमत भएको प्रतिनिधिसभा विघटनमा भयो। त्यो दुर्घटना टरेको मात्रै थियो, संविधानको गलत व्याख्या गर्दै अदालतले दुई पार्टीको राजनीतिक एकतालाई कानुनी व्याख्याद्वारा नेकपा एमालेलाई एकीकरणभन्दा अघिको अवस्थामा पुर्यायो’, प्रतिवेदनमा भनिएको छ।
ओलीले एकताबद्ध नेपाल कम्युनिष्ट पार्टीको विभाजनलाई आफ्नो गुटको विजय र अरुको पराजयका रुपमा प्रचार गरेको आरोप समेत लगाएका छन्।
प्रकाशित मिति : बुधबार, चैत्र ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्