नेपालमा थप ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि, ८२ जना डिस्चार्ज

नेपालमा थप ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि, ८२ जना डिस्चार्ज

काठमाडौं ।- नेपालमा पछिल्लो २४ घण्टामा थप ७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २६ सय ३७ जनाको पीसीआर परीक्षण गर्दा ७९ जनामा सङ्क्रमण देखिएको र अहिलेसम्म नेपालमा कोरोना पोजेटिभ हुनेको संख्या दुई लाख ७५ हजार आठ सय २९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ८२ जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको संख्या दुई लाख ७१ हजार आठ सय १५ पुगेको छ ।

अहिले नेपालमा नौ सय ९८ जना सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमणको कारण पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएको छैन । कोरोनाका कारण नेपालमा अहिलेसम्म तीन हजार १६ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : शनिबार, चैत्र ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij