ढुवानी समितिमा सल्लाहाकार र कार्यसमितिको संयुक्त समिक्षा बैठक

ढुवानी समितिमा सल्लाहाकार र कार्यसमितिको संयुक्त समिक्षा बैठक

बुटवल–ढुवानी व्यवसासायी समिति, रुपन्देहीको आयोजनामा व्यवसायीहरुका समस्या र आगामी कार्यक्रमका विषयमा सल्लाहाकार र कार्यसमितिको संयुक्त समिक्षा बैठक तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
समितिका अध्यक्ष श्यामराज हमालको अध्यक्षता, महासचिव रामप्रसाद गैरेको सञ्चालन तथा वरिष्ठ उपाध्यक्ष अनिल श्रेष्ठको स्वागतमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले संस्थाले व्यवसायीक समस्याहरुलाई आपसी छलफल र कार्ययोजना बनाएर समाधानका उपायहरु खोज्न सुझाव दिएका थिए ।
उनीहरुले संस्थालाई व्यवसायी हकहितका काममा सक्रिय बनाउदै गर्दा सामाजिक क्षेत्रको उपश्थितिलाई पनि संगसंगै लैजान सकेमा त्यसले संस्थालाई जिवन्नत बनाउने बताएका थिए ।
कार्यक्रममा समितिका सल्लाहाकारहरु लोकराज पोखरेल, जितबहादुर भाट, माधव नेपाल, निर्वामान अध्यक्ष कमल घिमिरे, सचिव गोविन्द श्रेष्ठ, कोषाध्यक्ष शंकर लम्साल, प्रेस सल्लाहाकार सुमन अधिकारी लगायत बोलेका थिए ।
त्यस अवसरमा पारिवारीक जमघट गरि परिचयात्मक रमाइलो कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा संस्थामा मनोनित सल्लाहाकार तथा कार्यसमिति सदस्यहरुलााई सम्मानसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : आइतबार, चैत्र ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij