बुटवल अटोको २५ औं रजतजयन्ती तथा साधारणसभा सम्पन्न

बुटवल अटोको २५ औं रजतजयन्ती तथा साधारणसभा सम्पन्न

बुटवल

बुटवल अटो इन्जिनियरिङ्ग एशोसियसनले २५ औं वर्ष प्रवेशका अवसरमा रजतजयन्ती समारोह तथा वार्षिक साधारणसभा एक कार्यक्रमका बीच सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष बाबुलाल पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेशका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी, विशिष्ट अतिथि बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै सुवेदीले बुटवल अटोमा काम गर्ने नागरिकहरु रोजगार विहीन हुन नपर्ने बताए । उनले अटो क्षेत्रमा सिसी क्यामेरा जडानको कार्य अघि बढेको र अटो पेभेलियन बनाउन सुझाव दिए । त्यस्तै प्रमुख अतिथि चौधरीले प्रदेश सरकारले अटो व्यवसायीको हकहितको लागि अभिभावकत्व ग्रहण गर्ने र त्यस क्षेत्रको विकासको लागि बजेटमा समावेश गर्ने बताए । उनले बुटवल अटोको विकासको लागि पहिलो प्राथमिकता बुटवल नगरपालिकाको भएकोले नगरले नसक्ने काम प्रदेश सरकारले गर्ने बताए ।

त्यस्तैगरी नेपाली कांग्रेसका खेलराज पाण्डेले बोल्दै बुटवल नगरपालिकाले आर्थिक रकमको ठूलो हिस्सा अटो क्षेत्रबाट उठ्ने तर तिनै अटो व्यवसायीलाई नगरपालिकाले वेवास्ता गरेको बताए । उनले अटोमा सुरक्षित अटो व्यवसायी हुनुपर्ने र नगरपालिकाले व्यवसायीलाई लिजमा राखिरहेको बताए ।
त्यस्तैगरी नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष यमलाल भुसालले बुटवल अटो केन्द्रको राइट ह्याण्ड र दर्बिलो खम्बा भएको बताए । उनले बुटवल अटो भिलेजको प्रमुख जोन भएकोले संस्थाको २५ वर्षे रजतजयन्ती मनाउन पाउनु महासंघको लागि गौरबको कुरा भएको बताए ।

कार्यक्रममा अटो क्षेत्रको बारेमा २२ मिनेट समयको बृत्तचित्र प्रशारण गरिएको थियो । त्यस्तैगरी प्रमुख अतिथिबाट संस्थाले प्रकाशन गरेको रजतजयन्ती स्मारिका र नयाँ बर्ष २०७८ को क्यालेण्डर बिमोचन गरिएको छ । संस्थाका अध्यक्ष बाबुलाल पाण्डेले अध्यक्षको प्रतिवेदन र महासचिव तुल्सीराम न्यौपानेद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष खडक बहादुर गौतम, पूर्व अध्यक्षहरु प्रेम बहादुर फौदार, टंक प्रसाद गैरे, केवलप्रसाद यादव,भोज बहादुर बुढाथोकी,सन्तोष पाण्डे, ज्योति भण्डारी, सललाहकार टंक प्रसाद पोखरेल,खेमराज आचार्य,कानूनी सल्लाहकार शालिकराम बञ्जाडेलगायतको सहभागिता रहेको थियो । संस्थाको २५ औं वर्षको रजतजयन्तीमा सञ्चार क्षेत्रमा सहयोग गरेको भन्दै संस्थाका प्रेस सल्लाहकार दामोदर खनाल र दैनिक पत्र राष्ट्रिय दैनिकमा कार्यरत कृष्ण रणपाललाई सृजनशिल पत्रकारिता पुरस्कार स्वरुप नगद रु ११ हजार १ सय ११ सहित प्रमाणपत्रले पुरस्कृत गरेको छ ।

प्रकाशित मिति : शुक्रबार, चैत्र २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij