बुटवल ।
लायन्स क्लव अफ बुटवल खस्यौलीको आगामी नेतृत्वको लागी बिष्णु प्रसाद उपाध्याय सर्वसम्मत चयन भएका छन् । क्लवको बुटवलमा सम्पन्न १२औ निर्वाचनबाट आगामी लायन बषै २०२१र२२ का लागी उपाध्यायको नेतृत्वमा सर्वसम्मत बोर्ड गठन भएको हो ।
नवगठित बोर्डको प्रथम उपाध्यक्षमा सित्तल ज्ञवाली, द्धितिय उपाध्यक्षमा मिना थापा क्षेत्री, तृतिय उपाध्यक्षमा कमल देवकोटा, मेम्रसिप च्यरपर्सनमा रमेश अर्याल, क्लव मार्केटिङ्ग तथा मिडिया च्यरपर्सनमा सुमन श्रेष्ठ, क्लव सर्भिस डाइरेक्टरमा प्रेम प्रकाश श्रेष्ठ, एलसीआइ एफ कोर्डिनेटरमा चिरन भण्डारी, डाइरेक्टरमा दिपेन्द्र भट्टराई, कृष्ण श्रेष्ठ, टेल टुइस्टरमा अनिल पौडेल र टेमरमा राजन पाठक निर्वाचित भएका छन् । यस्तै लायन्स अन्तराष्ट्रियको विद्यान अनुसार सचिव र कोषाध्यक्ष अध्यक्षले चयन गर्ने प्रावधान अनुसार क्लवको सचिवमा विकास गौतम र कोषाध्यक्षमा बिजय पन्थ चयन भएका छन् ।
क्लवका लायन बर्ष २०२०र२१ का अध्यक्ष राजु पौडेलको अध्यक्षतामा भएको निर्वाचन कार्यक्रममा लायन्स ३२५ बी २ का पुर्व गर्भनर महेन्द्र नाराययण श्रेष्ठले क्लवले संचालन गरेको लायन्स कर्नर रेडियो तथा युट्युब कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनमा पृथक किसीमका कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गरे।
कार्यक्रममा क्लवका निर्वतमान अध्यक्ष एव निर्वाचन अधिकृत बिकास अग्रवाल, क्लवका पुर्व अध्यक्ष बाबुराम बोहरा, सस्थापक अध्यक्ष मुक्ति प्रसाद श्रेष्ठ, निर्वाचित अध्यक्ष बिष्णु प्रसाद उपाध्य लगायतले बोल्नु भएको थियो ।
प्रकाशित मिति : शनिबार, चैत्र २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्