सिटिजन लाइफ इन्स्योरेन्सद्धारा बीमितलाई उपचार खर्च ३० लाख हस्तान्त्रण

सिटिजन लाइफ इन्स्योरेन्सद्धारा बीमितलाई उपचार खर्च ३० लाख हस्तान्त्रण

 बुटवल-सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोगको दाबी भुक्तानी गरेको छ। कम्पनीको क्षत्रिय कार्यालय बुटवल शाखाले घातक रोगको दावी अन्तर्गतको रकम रु ३० लाख रुपैयाँ भुक्तानी गरेको हो। आज कम्पनीले एक कार्यक्रम गरी तिलोत्तमा नगरपालिका वडा नम्बर ९ को मगलापुरमा उक्त रकम प्रदान गरेको हो। रकम प्राप्त गर्ने तिलोत्तमा नगरपालिका निवासी ४१ वर्षका श्री राम चन्द्र कडेलले २०७६ श्रावन महिनामा सिटिजन लाइफ इन्स्योरेन्स को बुटवल शाखा बाट,, लाखको अग्रिम भुक्तानी बीमा गरेका थिए।उनले त्यस पश्चात एक किस्ता बराबरको रकम २,४६,००० मात्र बुझाएका थिए। कडेल फर्नीचर उद्योगमा काम गर्दै गर्दा मुटुमा समस्या भएको कारण काठमाण्डौ गएका थिए। उनको उपचारकै क्रममा कम्पनीले सो रकम प्रदान गरेको क्षत्रिय शाखा प्रबन्धक दुर्गा राज ढकालले बताए। उनको बीमा फर्नीचर खरिद गर्ने क्रममा कम्पनीका अभिकर्ता ईश्वर भण्डारीले गराएका थिए। क्षत्रीय प्रबन्धक ढकालका अनुसार कम्पनीले अतिरिक्त सुविधा मार्फत एउटा मात्र रोगको लागि मात्र नभई २० घातक रोगहरूको लागि विल विना नै ५० लाख रुपैयाँ सम्मको उपचार खर्च कम्पनीले दिने र नेपालमै पहिलो पटक सेवा दिने गरी कम्पनीले धेरै क्षेत्रमा काम गरिरहेको छ। उता बिमितका परिवारले पनि कम्पनी बाट प्राप्त रकमले उपचारमा धेरै आर्थिक सहयोग र हौसला प्राप्त भएको बताउँदै धन्यवाद ज्ञापन गर्दै उपस्थित सबैमा बेलैमा विमा गर्न सल्लाह समेत दिए। कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा अध्यक्ष मिसु शाही, नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समितिका सदस्य कविराम अर्याल लगायतका वरिष्ठ राजनीतिज्ञ र समाजसेवी हरुले संयुक्त रूपमा उक्त रकमको चेक हस्तान्तरण गरेका थिए। कार्यक्रममा बोल्दै अध्यक्ष शाहीले घरघरमै आएर उपचार खर्च दिएको पहिलो जीवन बीमा कम्पनी पहिलो पटक थाहा पाएको बताए। यसरी नै अग्रपंक्तिमा रहेर काम गर्न शुभकामना पनि दिएका थिए। कार्यक्रममा स्वागत मन्तव्य बुटवल शाखा प्रमुख पूर्ण चन्द्र सुवेदीले दिएका थिए भने कार्यक्रमको संचालन बर्दघाट शाखा प्रमुख मनोज सुवेदीले गरेका थिए।

प्रकाशित मिति : आइतबार, चैत्र २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij