बुटवल-तिलोत्तमा १० कान्छिबजार हाटबजारमा अबस्थीत सुमधुर वचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। संस्थाले १३ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक श्री राम नारायण चौधरी जानाकारी दिए । रगत अभाव भएर कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको हो । सामाजिक उत्तरदायित्व अनुसार आयोजना गरिएको रक्तदानमा ४५ युनिट रगत संकलन भएको थियो । रक्तदान जीवन दान भएकाले यस्ता कार्य महत्वपूर्ण रहेको कार्यक्रमका प्रमुख अतिथी किरण कुमार श्रेष्ठले बताए ।
कार्यक्रममा संस्थाका सदस्य सिता न्यौपाने, कृष्ण बहादुर श्रेष्ठ, घन सिंह पुन, दान बहादुर चौधरी,रेडक्रस प्रतिनिधिः हरि सापकोटा लगायतको उपस्थीतीमा कार्यक्रम सम्पन्न भयो ।
सहकारी संस्था लिमिटेडको स्थापना दिवसको अवसर पारी गरिएको रक्तदान कार्यक्रममा संकलित ४५ प्वाइन्ट रगत संकलन गरि नेपाल रेडक्रस भैरहवा शाखाका हरि सापकोटालाई प्रधान गरिएको हो ।
प्रकाशित मिति : सोमबार, चैत्र ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्