सरकारले ठूलो परिवर्तन एक वर्षमै देखाउँछ : प्रचण्ड

सरकारले ठूलो परिवर्तन एक वर्षमै देखाउँछ : प्रचण्ड

पाल्पा । नेपाल कम्युनिष्ट पार्टी )नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको एक वर्षमै देशमा ठूलो परिवर्तन गर्ने बताएका छन् ।

आइतबार पाल्पाको रामपुरमा कार्यकर्तासँगको भेटका क्रममा उनले नेपालमा भएका केही परिवर्तन विश्वमा नै उदाहरणीय भएको बताए ।

विस्तृत शान्ति सम्झौता, संविधान निर्माण, नयाँ संविधान निर्माण अनुरुप तीन तहको निर्वाचन, तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता तथा दुई तिहाईको सरकार निर्माण नेपालका लागि महत्वपूर्ण फड्को भएको अध्यक्ष दाहालले बताए ।

सरकारले सामाजिक सुरक्षा योजनासँगै धेरै राम्रा उपलब्धी हासिल गरेको स्मरण गराउँदै अध्यक्ष दाहालले अबको पाँच वर्षमा प्रत्येक नागरिकले समृद्धि महसुस गर्ने स्पष्ट पारे । उनले सरकारको आलोचना गर्नेलाई पाँच वर्षमा हुने परिवर्तनबाट जवाफ मिल्ने बताए ।

प्रकाशित मिति : सोमबार, पुष २ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij