प्रतिस्पर्धाबिनै भीभीआईपीका लागि १ अर्ब ५० करोडको हेलिकप्टर

प्रतिस्पर्धाबिनै भीभीआईपीका लागि १ अर्ब ५० करोडको हेलिकप्टर

काठमाडौं । सरकारले भीभीआईपी राष्ट्रपति उपराष्ट्रपति र प्रधानमन्त्रीका लागि मात्र उडान गर्न १ अर्ब ५० करोड रुपैयाँमा हेलिकप्टर खरिद गरेको छ ।

नेपाली सेनाले ईटालीमा बनेको १४ सिट क्षमताको अगुस्टा वेस्टल्यान्ड एडब्लु १३९ हेलिकप्टर खरिद गरेको हो ।

ऊक्त हेलिकप्टर सेनाको हवाई उड्डउन निर्देशनालयले सञ्चालन गर्नेछ । हेलिकप्टर भीभीआईपीको उडानका लागि चौविसै घण्टा तयारी अवस्थामा स्ट्यान्टबाई राखिनेछ ।

दुई साताअघि मुलुकमा आइसकेको उक्त हेलिकप्टर अझै केही दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिनेछ ।

खरिद सम्झौताअनुसार आए नआएको अध्ययन गरेपछि उक्त हेलिकप्टर सेनाको हवाई उड्डयान निर्देशनालयले बुझेर आफ्ना अरु हेलिकप्टरसँगै राख्नेछ ।

प्रकाशित मिति : सोमबार, पुष २ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij