नेकपाको स्थायी कमिटी बैठक आज,नेता गौतमले राखेको फरक प्रस्तावबारे छलफल हुने

नेकपाको स्थायी कमिटी बैठक आज,नेता गौतमले राखेको फरक प्रस्तावबारे छलफल हुने

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सोमबार बस्दैछ।

सोमबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको साझा प्रतिवेदनका बारेमा छलफल गर्ने तयारी छ।

शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

अध्यक्षद्वयको साझा दस्तावेजमाथि नेता वामदेव गौतमले राखेको फरक प्रस्तावबारे पनि छलफल गर्ने तयारी रहेको नेता देव गुरुङले जानकारी दिए।

केन्द्रीय कमिटीमा ७७ जना थप गरेर ५११ सदस्यीय बनाउनुपर्ने नेता गौतमको माग छ।

तत्कालीन एमाले र एकीकृत माओवादीबीच जेठ ३ गते एकता भएपछि ४४१ सदस्यीय जम्बो केन्द्रीय कमिटी बनेको छ। त्यस्तै नेता गौतमले ७७ जना महिला नै थप गर्नुपर्ने माग छ।

प्रकाशित मिति : सोमबार, पुष २ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij