बुटवल
बुटवलको अमरपथमा रहेको व्यापारिक भवन सिहं कप्लेक्समा आगलागी भएको छ । गएराती भएको आगलागीबाट कम्पलेक्सको चौंथो र तेश्रो तलामा पूर्ण क्षती पुगेको छ ।
बिद्युत सर्ट भएर आगलागी भएको अनुमान गरीएपनि एकिन कारण पत्ता लागीनसकेको प्रहरीले जनाएको छ । गएराती साढे १ बजे आगलागी सुरु भएको थियो । बुटवल उपमहानगरको दमकलले डेढ घण्टामा आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
आगलागीबाट साढे ३ करोडको क्षती भएको कम्प्लेक्सका संचालक महेशमान सिंंहले बताए । आगलागीबाट तेश्रो र चौथो तलामा रहेको लाबि फुडकोर्ड, होटल रेष्टुरेन्ट तथा अन्य व्यापारिक पसल र तीनमा भएका सामान जलेर नष्ट भएका छन । त्यहाँ रहेको भ्यु सिनेमा हलमा पनि क्षती पुगेको छ ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ ६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्