आज दिनभर र राति देशभरको मौसम कस्तो रहन्छ ?

आज दिनभर र राति देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ ।
देशभरका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीका साथै भारतको उत्तरप्रदेश आसपासमा रहेको न्यूनचापिय क्षेत्रको प्रभावका कारण मौसम बदली हुने भएको हो ।

अहिले पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराईका भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी तथा तराईका भू–भागमा आंशिक बदली रहनेछ ।

प्रदेश १, प्रदेश २ लगायत अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । यस्तै राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका क्षेत्रमा आंशिक बलदी रहने छ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ

प्रकाशित मिति : शनिबार, जेष्ठ ८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij