बुटवल
नेपाल नियमित रक्तदाता संघ रुपन्देही ले गणतन्त्र दिवसको अवसरमा १०७ प्वाईन्ट रगत संकलन गरेको जनाएको छ ।
कोभिड महामारी को वाबजुत र यो झरिको विचमा पनि कार्यक्रम आयोजना गरेको छ ।रगत अभावका कारण कसैको ज्यान जान नपरोस भनेर नियमित तथा आकस्मिक रक्तदान गर्दै आएको संघले रगतको अभाव हुन नदिन जुनसुकै समयमा पनि रक्तदान गर्न सक्ने गरि व्यवस्थापन गरेको जनाएको छ ।
नेपाल नियमित रक्तदाता संघ रगत व्यवस्थापन र उप्रेणा गर्दै वि स २०६१ सालमा स्थापन गरिएको संस्था हो ।
स्वर्गीय सरोज सिलवाल बन्दी को अध्यक्षतामा स्थापना भएको सस्थाले अहिले सम्म आइपुग्दा रगतको व्यवस्थापनवाट हजारौकोे ज्यान वचाएको छ ।
नेपाल नियमित रक्तदाता संघ केन्द्रिय कमिटीका अध्यक्ष दया बहादुर सिलवाल को अध्यक्षता,नेपाल औषधि व्यवसाय संघ लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवालीको प्रमुख आतिथ्यतामा,कानुन विज्ञ तथा नेपाल नियमित रक्तदाता संघ का कानुनी सल्लाहकार दामोदर घिमिरे ,सुरेन्द्र कुमार शाक्य ,लाइम ७ लेमोनका प्रोप्राइटर सागर पौडेल कोषाध्यक्ष दिपक अधिकारी ,राजेश गैरे लागाएतले संघको अभियानमा सवैले सहयोग गर्न आह्वान गर्नु भएको थियो ।
कार्यक्रममा सस्थाका उपाध्यक्ष लेखनाथ भण्डारी को स्वागत ,सदस्य असेस सिलवालको संयोजकत्वमा र सस्थाका सचीव महेश खनाललकोे संचालनमा कार्यक्रम भएको हो ।
प्रकाशित मिति : शनिबार, जेष्ठ १५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्