तिलोत्तमामा समुदायस्तरमा कोरोनाको निःशुल्क परीक्षण

तिलोत्तमामा समुदायस्तरमा कोरोनाको निःशुल्क परीक्षण

कोरोना संक्रमणको चेन ब्रेक गर्ने अभियान

 

तिलोत्तमा– तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमणको चेन ब्रेक (सर्ने प्रक्रिया रोक्न) गर्न कोरोना परीक्षणलाई समुदायस्तरमा केन्द्रीत गरेको छ । महामारी सुरु भएसँगै शंकरनगरमा मात्र गरिएको निःशुल्क कोरोना परीक्षणलाई पछिल्ला दिनमा समुदायस्तरसम्म पुर्याइएको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख बासुदेव घिमिरेले समुदायस्तरमा निःशुल्क कोरोना परीक्षण सुरु भएकोले कन्ट्रयाक्ट ट्रेसिङमा परेका वा कोभिड–१९ को लक्षणसँग मिल्दाजुल्दा स्वास्थ्य समस्या भएका नगरबासीलाई पायक पर्ने परीक्षण स्थलमा गई कोरोना परीक्षण गराउन अनुरोध गर्नुभएको छ । नगरपालिकाले दुई वटा समूह बनाएर १७ वडामैं एन्टिजिन परीक्षणको व्यवस्था मिलाएको हो । एन्टिजिन परीक्षणबाट व्यक्तिमा कोरोना संक्रमण भएको वा नभएको तत्काल थाहा हुन्छ ।

मंगलबार वडा नं. १७ मा ३४ जनामा गरिएको कोरोना परीक्षणमा ६ जनामा संक्रमण देखिएको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकामा बुधबार वडा नं. १३ र १६ मा परीक्षण हुँदैछ भने २० गतेको लागि वडा नं. ९ र १५ तोकिएको छ । यस्तै २१ गते वडा नं. १२ र १४, २२ गते वडा नं. ११ र ८, २३ गते वडा नं. १० र ७ मा कोरोना परीक्षण गर्ने कार्यतालिका छ । यसैगरी २४ गते वडा नं. ३ र ६, २५ गते वडा नं. २ र ५, २६ गते वडा नं. १ र ४ मा कोरोना परीक्षण गरिने नगरपालिकाले जनाएको छ ।

पछिल्लो समय समुदायस्तरमा परीक्षण कम हुँदा संक्रमण घटेको हुन सक्ने आशंका भैरहँदा तिलोत्तमाले परीक्षणलाई समुदायस्तरमा केन्द्रीत गरेको हो । यो परीक्षणले नगरपालिकामा कोरोना संक्रमणको वास्तविक अवस्था बाहिर ल्याउने र यसबाट महामारी नियन्त्रणका लागि आवश्यक थप योजना बनाउन सकिने नगरपालिकाका कोरोना फोकल पर्सन केशव भट्टराईले बताउनुभयो ।

तिलोत्तमा नगरपालिको पछिल्लो तथ्यांकअनुसार नगरपालिकामा हाल सक्रिय संक्रमितको संख्या ४७५ रहेको छ भने मंगलबार मात्र थप १४ जना कोरोना संक्रमित थपिएका छन् । नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा हाल उपचाररत बिरामीहरु ६ जना छन् । नगरपालिकामा हालसम्म ५ हजार ८ सय ३६ जनालाई कोरोना संक्रमण भएकोमा ५ हजार २ सय १६ जना संक्रमणमुक्त भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, जेष्ठ १९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij