काठमाडौं । आज बनेका नयाँ मन्त्रीहरूको शपथ बेलुकी ८ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा ८ बजे सपथको तयारी गरिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) नेपालका १० जना नयाँ मन्त्री नियुक्त गर्दैछन्। उनीहरुसँग आफ्नै पार्टीबाट पनि प्रधानमन्त्री ओलीले केही मन्त्री हेरफेर गर्न लागेका छन्।
एमालेबाट वर्तमान अर्थमन्त्री विष्णु पौडेलले उपप्रधानमन्त्री, शेरबहादुर तामाङले स्वास्थ्यमन्त्री र रघुवीर महासेठले परराष्ट्रमन्त्रीका रूपमा शपथ लिने जनाइएको छ ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २१ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्