बुटवल । तिनाउ नदीले खतराको तह पार गर्न थालेको भन्दै रुपन्देहीको बुटवल उपमहानगरले सर्तकता अपनाउन आग्रह गरेको छ । पानीको बहाव बढ्दो रहेकाले बुटवल भन्दा तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रमुख शिवराज सुवेदीले आग्रह गरेका छन् ।
नदि किनारका बासिन्दालाई सावधानी अपनाउन, सतर्क रहन र आपतकालीन सहायता आवश्यक परेमा टोल विकास संस्था, जनप्रतिनिधि र सुरक्षा निकायमा खवर गर्न प्रमुख सुवेदीले आग्रह गरेका छन् । तिनाउको जल सतह खतराको अवस्थामा पुग्न लागेकाले मातहतका सबै संयन्त्र र जिल्ला स्थित सुरक्षा निकायलाई तम्तयार रहन समेत प्रमुख सुवेदीले आग्रह गरेका छन् ।
उपमहानगरपालिकाले आफ्ना संयन्त्रलाई जोखिमपूर्ण क्षेत्रमा निरीक्षण र सूचना संकलनका लागि खटाएको छ ।
प्रकाशित मिति : मंगलबार, असार १ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्