बुटवल।
गोरखा वेलफेयर ट्रष्ट नेपालले कोरोना नियन्त्रणमा सहयोग पुगोस भन्ने उद्देश्यले नेपालका विभिन्न अस्पताललाई आठ करोड ८९ लाख ६२ हजार ६४० रुपियाँ बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
स्वास्थ्य सामाग्रीमा अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर र पिपिई सेट रहेको ट्रष्टले जनाएको छ ।
ट्रष्टको सहयोग अन्तर्गत प्राप्त भएको एक करोड ८३ लाख २४ हजार बराबरका स्वास्थ्य सामाग्री पश्चिम नेपालका १३ वटा अस्पताललाई प्रदान गरिएको एरिया वेलफेयर सेन्टर बुटवलले जनाएको छ ।
एरिया वेलफेयर सेन्टर बुटवलले ट्रष्टबाट प्राप्त ५० लाख आठ हजार रुपियाँ बराबरको स्वास्थ्य सामाग्री जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीलाई सोमवारमात्रै हस्तान्तरण गरेको छ ।
कोरोना नियन्त्रणमा सहयोग पुगोस भन्ने उद्देश्यले सोमवार जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका कोभिड फोकल पर्सन केदारनाथ शाहलाई ती स्वास्थ्य सामाग्री प्रदान गरिएको एरिया वेलफेयर सेन्टर बुटवलका प्रमुख यमबहादुर रानाले जानकारी दिए।
स्वास्थ्य सामाग्रीमा अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर र पिपिई सेट रहेका छन ।
गोरखा वेलफेयर ट्रष्टले देशका विभिन्न स्थानमा खानेपानी आयोजना, बिद्युत, स्कुल भवन, मोटरबाटो, झोलुङ्गे पुल वनाउनुका साथै र विपदका बेला विभिन्न सहयोग प्रदान गर्दै आएको छ ।
यसैगरी रुपन्देहीको रोटरी क्लव अफ सैनामैनाले सैनामैना नगरपालिकालाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।
रोटरी सैनामैनाको आर्थिक सहयोग एवम् रोटरी क्लव अफ पोखराको समन्वयमा एक कार्यक्रमको आयोजना गर्दै क्लवले नगरपालिकालाई पाँचथान अक्सिजन सिलिण्डर र दुईथान अक्सिजन उत्पादन गर्ने उपकरण हस्तान्तरण गरेको हो ।
कोभिड –१९ को संक्रमण बढ्दै जाँदा नगरमा उपचारका लागि अत्यावश्यक अक्सिजन ग्याँस तथा सिलिण्डर अभाव भइरहेकोले उपचारमा थप सहजता पुगोस् भन्ने उद्देश्यले अक्सिजन सिलिण्डर प्रदान गरिएको क्लवले जनाएको छ ।
हस्तान्तरण कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले विपदको समयमा सहयोगका लागि क्लवलाई धन्यवाद दिए । उनले अहिलेको संकटको अवस्थामा स्थानीय तहलाई सहयोग गरेकोमा क्लवप्रति आभार व्यक्त गरे।
क्लवका अध्यक्ष दुर्गा गौतमले संकटमा सबै एकजुट भएर अघि बढ्नुपर्ने उल्लेख गर्दै सामाजिक संघ संस्थाहरुको तर्फबाट स्थानीय सरकारलाई सधैं साथ र सहयोग रहने बताए । उनले आगामी दिनमा समेत क्लवले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
प्रकाशित मिति : बुधबार, असार २ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्