बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले देशको समृद्धि र विकासका लागि मुलुकमा अरु धेरै केपी ओली जन्मिनुपर्ने बताएका छन् ।
बुटवलमा रुपन्देही व्यापार संघले आयोजना गरेको लुम्बिनी एक्स्पोको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री केपी ओलीले देखेको सपनाअनुसार नै मुलुक अघि बढिरहेको र समृद्धि हासिल गरेरै छाड्ने बताए ।
‘अहिले सरकार समृद्धिको बाटोमा अघि बढिरहेको छ’-उनले भने-यो सरकारले मुलुकलाई समृद्ध बनाउँछ र अहिले देखेका सपना पुरा हुन्छन्, केपी ओलीजस्ता हजारौ व्यक्ति जन्मिनुपर्छ र सपना देख्नुपर्छ र ती पूरा गर्दै जानुपर्छ अनि मात्रै मुलुक समृद्ध बन्छ ।’
मुख्यमन्त्री पोखरेलले सरकारले ल्याएका धेरै योजनाहरुका बारेमा आलोचना धेरै भएको भन्दै ती आलोचनाहरु चिर्दै सरकार अघि बढ्ने बताए ।
‘सरकारले रेल ल्याउँछौ भन्न पनि भएको छैन, विकास गर्छौ भन्न पनि भएको छैन-उनले भने-अब छिटै नै सरकारले पुर्वपश्चिम रेलमार्गको ट्याक खन्ने काम शुरु गर्छ।’
उनले रेलमार्गको ट्रयाक खन्ने काम पु्र्व र पश्चिमबाटै गर्ने बताए ।
मुख्यमन्त्री पोखरेलले बुटवललाई नेपालकै आर्थिक राजधानी बनाउने ढंगले प्रदेश सरकारले तयारी गरिरहेको बताए । उनले प्राईम लोकेशन भएर पनि बुटवलमा ब्यवसायीक संरचना नभएको भन्दै बुटवलका घरहरु अव ब्यवसायीक कम्प्लेक्सका रुपमा बन्नु पर्नेमा जाेड दिएका थिए ।
बुटवलमा बिहिबार देखि स्वरोजगार र आत्मनिर्भरता हाम्रो आधार, शहर देखि गांउ सम्म ब्यापार बिस्तार भन्ने मुल नाराका साथ शुरु भएकाे लुम्बिनी एक्स्पो २०१८ अन्तराष्ट्रिय ब्यापार मेलाकाे उद्घाटन गर्दै मुख्यमन्त्री पाेखरेलले अब राजधानी स्थानकाे भन्दा पनि अवस्थाकाे आधारमा बनाउनु पर्ने आवश्यकता रहेकाे अाैँल्याए ।
उनले सपना देखेपछिमा मात्र सफलता हात लाग्ने उल्लेख गर्दै बुटवलमा पनि घरघरमा हजारौँ केपी ओली जन्मनु पर्ने आवश्यकता रहेकाेमा जाेड दिए । प्रधानमन्त्री केपी ओलिको सपनाले छिटै सार्थकता पाउने दाबी गर्दै मुख्यमन्त्री पोखरेलले यसै आर्थिक वर्ष भित्र लुम्बिनीबाट रेल मार्गको काम सुरु हुने बताए ।
कार्यक्रममा बोल्दै आयोजक रुपन्देही ब्यापार संघका अध्यक्ष पदम श्रेष्ठले मेला महोत्सवकै लागि अस्थायी संरचनाका कारण करोडौं खर्च भैरहेको भन्दै स्थायी संरचनाका लागि सबैले पहल गर्न माग गरे ।
बुटवलमा स्थायी प्रदर्शनी स्थल नभएका कारण हरेक वर्ष मेलाका लागि लाखौ खर्च हुने गरेको छ । कार्यक्रममा नेपालका लागि श्रीलङ्काका राजदुत स्वप्न परेरा, राष्ट्रिय सभामा नेकपाका सचेतक खिमलाल भट्टराई लगायतले मेलाको सफलताको शुभकामना ब्यक्त गरेका थिए । मेला पुस १८ गते सम्म चल्ने छ ।







प्रकाशित मिति : बिहिबार, पुष ५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्