लागत साझेदारीमा तिलोत्तमाका ५० जना किसानलाई गाई

लागत साझेदारीमा तिलोत्तमाका ५० जना किसानलाई गाई

 

तिलोत्तमा,

तिलोत्तमा नगरपालिकाको वडा नं. १२ का ५० जना किसानले लागत साझेदारीमा एक÷एक वटा गाई प्राप्त गरेका छन् । किसानलाई व्यवसायिक पशुपालनमा अग्रसर गराउन तिलोत्तमा नगरपालिकाले ५० प्रतिशत लागत साझेदारीमा किसानलाई गाई खरिद गर्नेगरी अनुदान उपलब्ध गराएको हो ।

संघीय कार्यक्रमअनुसार नगरपालिकाले लागत साझेदारीमा गाई प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको पशु विकास शाखाले जनाएको छ ।

किसान समेतको लागत साझेदारीमा कुल ४३ लाख ६० हजारको बजेटमा किसानलाई गाई खरिदमा अनुदानको अतिरिक्त पशुबीमा, आवश्यक औषधि, औजारसमेत उपलब्ध गराइएको पशु विकास शाखाले जनाएको छ । वडा नं. १२ का पाँच वटा पशुपालन समूहमार्फत् किसानले लागत साझेदारीमा गाई खरिद गरेका हुन् ।

सोमबार किसानलाई औषधि तथा कृषि औजार वितरण गर्दै कार्यवाहक नगर प्रमुख जगेश्वरदेवी चौधरीले अनुदान रकमको सदुपयोग गर्न किसानलाई आग्रह गर्नुभयो । तिलोत्तमा नगरपालिका दुधमा आत्मनिर्भर रहेको र किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले प्रतिलिटर दुधमा एक रुपैंयाँ अनुदान समेत दिने गरेको बताउँदै उहाँले नगरपालिकाले उपलब्ध गराएका सेवा÷सुविधा लिन किसानलाई आग्रह गर्नुभयो ।

यस्तै वडाध्यक्ष सहदेव थारुले जनप्रतिनिधिहरु सधै किसानको पक्षमा रहेको चर्चा गर्दै व्यवसायिक पशुपालन गर्न किसानलाई आग्रह गर्नुभयो । लागत साझेदारीमा गाई प्रवद्र्धन कार्यक्रम सञ्चालन समिति संयोजक कृष्ण प्रसाद पौडेलले गाई खरिदका अतिरिक्त औषधि र उपकरणमा किसानलाई प्राप्त सहयोगले किसानलाई कृषि कर्ममा लाग्न अभिप्रेरित गरेको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : सोमबार, असार २१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij