काठमाडाैं : सर्वोच्च अदालतले जातीय विभेदसँग सम्बन्धित घटनामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठसँग लिखित जवाफ मागेको छ ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले उनलाई जवाफका लागि १५ दिनकाे समय दिएको हो। रिटमा अन्तरिम आदेश जारी हुने नहुने विषयमा दुबै पक्षलाई छलफलका लागि असार २९ गते बोलाएको छ ।
जातीय विभेदको आरोप लागेकी घरबेटी सरस्वती प्रधानलाई रिहा गराउन झण्डावाल गाडीमा प्रहरी कार्यालय पुगेका श्रेष्ठविरुद्ध रुपा सुनारले मुद्दा हालेकी थिइन्।
जातकै आधारमा आफूलाई प्रधानले कोठा भाडामा नदिएको आरोपमा रुपाले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो।
प्रकाशित मिति : बुधबार, असार २३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्