काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई बदर गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गरेको छ ।
देउवालाई प्रधानमन्त्री नियुक्त गर्न १४६ सांसदलगायतले प्रतिनिधिसभा पुन:स्थापनाको माग राख्दै गत जेठ १० गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।
कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालनिकट सांसद र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवनिकट सांसद र राष्ट्रिय जनमोर्चाका सांसदसहित १ सय ४६ सांसदले परमादेशबाट देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चमा रिट दायर गरेका थिए ।
प्रकाशित मिति : सोमबार, असार २८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्