काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । सोमबार सर्वोच्च अदालतले राष्ट्रपतिको कार्यालयका नाममा परमादेश दिँदै २९ असार साँझ ५ बजेसम्ममा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनेको छ । सर्वोच्चको यो आदेश अनुसार, राष्ट्रपतिको कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको हो ।
देउवा पाँचौं पटक प्रधानमन्त्री बन्न लागेका हुन् । उनले आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् । त्यसका लागि आन्तरिक परामर्शमा र छलफललाई तीव्र बताएका छन् । सोमबार देउवाले केपी शर्मा ओलीविरुद्ध गठबन्धन निर्माण गरेका सबै दलसँग परामर्श गरेका थिए ।
देउवा प्रधानमन्त्री नियुक्त भएपछि त्यसको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्नेछ । मत पाए उनी प्रतिनिधि सभाको बाँकी कार्यकालका लागि प्रधानमन्त्री बन्नेछन् । यदि देउवाले विश्वासको मत पाएनन् भने प्रतिनिधि सभा विघटन गरेर त्यसको ६ महीनाभित्र चुनाव गर्नुपर्नेछ ।
प्रकाशित मिति : मंगलबार, असार २९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्