रुपन्देहीमा पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना परिक्षण गर्दा ३७ जना कोरोना संक्रमित थपिए

रुपन्देहीमा पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना परिक्षण गर्दा ३७ जना कोरोना संक्रमित थपिए

बुटवल ।

आज बुधबार बुटवलमा कोरोना संक्रमित  बढेका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको तथ्याङ्क अनुसार बुटवलमा २४ जना संक्रमित थपिएका हुन् , जुन एक महिना यताकै सबैभन्दा धेरै संख्या हो ।
आज थपिनेमा बुटवलबाहेक तिलोत्तमामा आठ, देवदहमा एक र सैनामैनामा चार जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
योसँगै जिल्लामा फेरि सक्रिय संक्रमितको संख्या बढेको छ । हिजो मंगलबार जिल्लामा तीन सय १४ सक्रिय संक्रमित रहेकोमा आज बुधबार तीन सय ३१ जना पुगेका छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या २८ हजार ६ सय १३ जना पुगेको छ । तीमध्ये २७ हजार ८ सय २४ जना निको भएका छन् भने ५०५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : बुधबार, असार ३० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij