केन्द्रीय सुरक्षा समिति बैठकः कोरोनाको तेस्रो लहर र सुरक्षा चुनौतीबारे छलफल

केन्द्रीय सुरक्षा समिति बैठकः कोरोनाको तेस्रो लहर र सुरक्षा चुनौतीबारे छलफल

काठमाडौं । कोरोना महामारीको सम्भावित तेस्रो लहरको रोकथाम तथा नियन्त्रण, देशको समग्र अवस्था र सुरक्षा चुनौतीका विषयमा सुरक्षा समितिको बैठकमा छलफल भएको छ ।गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको समितिको बैठकमा मुलुकको राजनीतिक अवस्था, सुरक्षा चुनौतीसहित कोरोना महामारीको तेस्रो लहरको जोखिम र बाढीपहिरोबाट हुनसक्ने असर र प्रभावितहरुका लागि रहतको व्यवस्थापनसहित उद्धारका विषयमा छलफल भएको हो ।

बैठकमा गृहमन्त्री खाँणले विकसित घटनाक्रममा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीमा ध्यान दिन सुरक्षा अंगका प्रमुखहरुलाई निर्देशन दिंदै कोभिड १९ भाइरसको सम्भावित तेस्रो लहरको संक्रमण रोकथाम तथा नियन्त्रणमा पनि सतर्क रहन आग्रह गरे ।यसैगरी स्वास्थ्य सामग्रीको देशैभर सहज व्यवस्थापन तथा कालोबजारी नियन्त्रणमा सबै अंगको ध्यान केन्द्रीत गर्न पनि समितिको बैठकमार्फत सबै अंगलाई ध्यानाकर्षण गराएका छन् । यसैगरी बाढी, पहिरोसहितका प्राकृतिक प्रकोपमा परेका नागरिकको राहत, उद्दार तथा सहायताबारे पनि छलफल भएको छ ।

बैठकमा गृहसचिव महेश्वर न्यौपाने, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेल लगायतको उपस्थिति थियो ।

 

प्रकाशित मिति : आइतबार, साउन १० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij