बुटवल-लुम्बिनि प्रदेशका बिपक्षी गठबन्धनले नव नियुक्त प्रदेश प्रमुख अमिक शेरचनलाई भेटि वर्तमान सरकार अल्पमत र अवैध रहेको भन्दै आज ध्यानाकर्षण गराएका छन ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका प्रदेश सभा सदस्य ले आज शनिबार ध्यानाकर्षण पत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्रमा संविधानको भावना र प्रदेश प्रमुखको गरिमालाई कमजोर पार्ने र असंवैधानिक प्रणालीमा लाने प्रदेश सरकारको गलत नियतलाई सच्च्याउनु पर्ने विषयमा ध्यान आकर्षण गराउनुको साथैै संवैधानिक र कानुनी मर्म अनुसार प्रक्रिया थाल्न पनि विपक्षी गठबन्धन दलको तर्फबाट आग्रह गरेको छ ।
ध्यानाकर्षण पत्रमा सरकारमा सहभागी ने.क.पा. (माओवादी केन्द्र)ले बैशाख ६ गते सरकारवाट वाहिरिए पछि मुख्यमन्त्रीले स्वतः विश्वासको मत लिनु पर्ने सामान्य संवैधानिक प्रकृया पूरा नगरी अवैधानिक ढंगबाट सरकार चलाएको , बैशाख १९ गते संसदमा प्रस्तुत अविश्वास प्रस्तावको सामना नगरी हठात् अधिवेशन अन्त्य गरी राजीनामा र मुख्यमन्त्री नियुक्तको हातहातै विना प्रक्रिया सरकार बनाएको, आफूलाई संविधानको धारा १६८ (१) अनुसार भनि माननीय सांसदहरु अम्मर डाँगी, विमला ओली, दृर्गनारायण पाण्डेको किर्ते हस्ताक्षर निवर्तमान प्रदेश प्रमुखलाई बुझाई रातारात सपथ गरेको, हालै प्रदेश सभामा नीति कार्यक्रम र बजेट प्रस्तुत भै सकेपछि निर्णयार्थ प्रस्तुत गर्ने बेलामा असार ३१ गते अत्यन्त गैर जिम्मेवार ढंगले सरकारले नै बहिष्कार गरेर संसदलाई चकित पार्ने गरी मुख्यमन्त्रीको असफलतालाई ढाकछोप गरी सोही रात अधिवेशन अन्त्य गरी साउन १ मा अध्यादेशद्धारा वजेट प्रस्तुत गरेको उल्लेख छ ।
लुम्विनी प्रदेशसभामा प्रतिनीधित्व गर्ने ८० प्रदेशसभा सदस्य मध्ये नेपाली काँग्रेसका १९ जना, नेकपा (माओवादी केन्द्र)का १९ जना, जनता समाजवादी पार्टी नेपालका ३ जना, राष्ट्रिय जनमोर्चा नेपालको १ जना समेत गरी लुम्बिनी प्रदेश सभा सदस्यहरु जम्मा ४२ जना विपक्षमा रहेकामा सरकारले १६ को (१) बमोजिम जबरजस्ती अल्पमतको सरकार चलाइरहेको अवस्थामा सरकारलाई विघटन गरी १६८ (२) बमोजिम बहुमतको सरकार निमार्णको लागि मार्ग प्रसस्त गर्न आवश्यक पहलको लागि प्रदेशसभामा प्रतिनीधित्व गर्ने विपक्षी गठबन्धन दलको तर्फबाट प्रदेश प्रमुख समक्ष विनम्र अनुरोध गर्दछौं’ ध्यानाकर्षणपत्रमा भनिएको छ ।
प्रकाशित मिति : शनिबार, साउन १६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्