लुम्बिनीका मुख्यमन्त्री पाेखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

लुम्बिनीका मुख्यमन्त्री पाेखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

रुपन्देही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले ३४ सांसदको हस्ताक्षरसहित पोखरेलविरुद्ध आज मङ्गलवार अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

मुख्यमन्त्री पोखरेलले संसदको बहुमत गुमाएको प्रस्तावमा उल्लेख छ । विपक्षी गठबन्धनले माओवादीका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेका छन् ।

लुम्बिनीमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको यो तेस्रो पटक  हो । यसअघि गएको वैशाख ६ र २६ गते अविश्वास प्रस्ताव दर्ता भएको थियो ।

लुम्बिनीमा ८० सदस्य प्रदेश सभा कायम रहेकाले बहुमतका लागि ४१ सदस्य आवश्यक पर्छ । यसअघि माओवादीमा रहनुभएकी विमला ओली एमालेमा प्रवेश गरे पनि मुख्यमन्त्री शङ्कर पोखरेललाई बहुमत जुटाउन अझै एक मतको कमी रहेको छ ।

विपक्षी गठबन्धनसँग भने सभामुखसहित ४१ सदस्य रहेका छन् । मत बराबर भएको स्थितिमा सभामुखले मत दिने सुविधा भएकाले विपक्षीले बहुमत पुर्‍याउन सक्ने अवस्था रहेको छ ।

प्रकाशित मिति : मंगलबार, साउन १९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij