काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको सत्तारुढ गठबन्धनको कार्यदलले आज सरकारको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने भएको छ ।
प्रतिवेदन सबैको अपनत्व हुने गरी तयार पारिएको कार्यदलका संयोजक खड्काको भनाइ छ । गठबन्धन सम्बद्ध पार्टीका नेता, अर्थविद्, कानुनका जानकारहरुसँगको परामर्शपछि प्रतिवेदन तयार पारिएको हो ।
प्रधानमन्त्री देउवालाई बुझाउन लागिएको प्रतिवेदनमा सरकारको योजना, काम र प्राथमिकताका विषयलाई समेटिएको छ ।
सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधिको अन्तिम खाका हिजो (बिहीबार) मात्र तयार पारेको हो । यसका लागि बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलको बैठक बसेको थियो ।
कार्यदलमा नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का संयोजकसहित मीनेन्द्र रिजाल र रमेश लेखक छन् भने नेकपा (माओवादी केन्द्र) का देव गुरुङ र वर्षमान पुन तथा जनता समाजवादी पार्टी (जसपा) का राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव छन् ।
प्रकाशित मिति : शुक्रबार, साउन २२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्