बुटवल लायन्स क्लबद्धारा सवदाह गृह निर्माण

बुटवल लायन्स क्लबद्धारा सवदाह गृह निर्माण

बुटवल

मानविय मृत्यु सस्कार पछि गरिने दाहसस्कारका लागि ठाउँको अभाब भएको भन्दै बुटवलको तिनाउ नदी किनारामा सवदाह गृह निर्माण गरिएको छ ।

बुटवल लायन्स क्लबले बुटवलको मैनाबगरमा अत्याधुनिक दाहासस्कार गृहको निर्माण गरेको जनाएको छ ।

बुट्बल नगरपालिका ,यस क्षेत्रका सहयोगदाता र बुटवल लायन्स क्लबको आर्थिक सहयोगमा निर्माण गरिएको सवदाह गृह करिब १ करोड १९ लाख रुपैया खर्च भएको निर्माण समितिका संयोजक अर्जुन रानाभाटले बताउनु भयो । मानिसको मुत्यु भएपछि सव जलाउनका लागि बुटवल क्षेत्रमा योगिकुटीमा मगरघाट वाहेक अन्य स्थानमा व्यवस्थीत सव दाह गृह नहुदा निकै समस्या भएको समयमा क्लवले निर्माण गरेको सवदाहगृहले यस क्षेत्रका जनतालाई थप सहज हुने भएको छ ।

बुटवलमा जन्मेकाहरुको मृत्यु भएमा अन्य स्थानमा अन्तिम दाहसंस्कारका लागि लैजानु पर्ने बाध्यताको अन्त्यका लागी सवदाहगृह जरुरी भएकाले क्लबको अगुवाईमा निर्माण गरिएको बुटवल लायन्स क्लबका पूर्व अध्यक्ष रामेश्वर श्रेष्ठले औल्याउनु भयो । हाल एकपटकमा २ जना सवको दाहसंस्कार गर्न मिल्ने र निकट भविस्यमा विद्युतीय प्रणालीवाट जलाउने व्यवस्था मिलाउन गरि कार्य योजना बनाएको आयोजकले बताएका छन ।

प्रकाशित मिति : शुक्रबार, साउन २२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij