काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (बिहीबार) बस्दै छ ।
१४औं महाधिवेशनको कार्यतालिका प्रभावित भएकाले यो विषयमा पनि आजको केन्द्रीय समिति बैठकमा छलफल गरी निर्णय हुने सम्भावना छ ।
स्रोतकाअनुसार सभापति शेरबहादुर देउवाले मंसिरमा महाधिवेशन गर्नुपर्ने बताएका छन् । तर वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौमै वडा तहलगायत तल्ला तहका महाधिवेशन सुरु गरेर असोजमा महाधिवेशन गर्नुपर्ने बताएका छन् ।
सभापति देउवाको कार्यकाल भदौ २३ गतेसम्म मात्रै छ । त्यसपछि कसरी केन्द्रीय समितिको म्याद थप गर्ने भन्नेबारे भने कांग्रेसले धारणा बनाइसकेको छैन ।
प्रकाशित मिति : बिहिबार, साउन २८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्