लुम्बिनीमा ७ सदस्यीय मन्त्रिपरिषद् गठन, जसपाका तीनैजना मन्त्री

लुम्बिनीमा ७ सदस्यीय मन्त्रिपरिषद् गठन, जसपाका तीनैजना मन्त्री

बुटवल: लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले ७ सदस्यीय मन्त्रीपरिषद् गठन गरेका छन्।

केसीले सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीबाट मन्त्री नियुक्त गरेका हुन्। गठबन्धन आवद्ध राष्ट्रिय जनमोर्चा भने सरकारमा नजाने भएको छ।

जसपाबाट तीनैजना सांसद सुमन शर्मा रायमाझी, कुर्मती ढेँगा र सहसराम यादव मन्त्री बनेका छन्।

माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, सूर्य चिन्हबाट चुनाव जितेका स्वतन्त्र सांसद अजय शाही र नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी मन्त्री नियुक्त भएका कांग्रेस प्रदेशसभा संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले जानकारी दिए।

स्रोतका अनुसार चौधरी शहरी तथा ग्रामीण विकास र सहसराम यादव भौतिक पूर्वाधार मन्त्री बन्न लागेका हुन्। अरु मन्त्रीहरुको मन्त्रालय भने तोकिएको छैन । मुख्यमन्त्री र मन्त्रीहरुले केहीबेरमा सपथ ग्रहण गर्दैछन्।

नेकपा माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता केसी आज मुख्यमन्त्री नियुक्त हुनु भएका हुन्। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) बमोजिम आज अपरान्ह केसीलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

प्रदेशसभामा उनी रोल्पा १ (क) बाट निर्वाचित भएका हुन् । चार दलीय गठबन्धनले प्रदेशसभामा रहेका कूल ८० सदस्यको बहुमत ४२ सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनमा दाबी पेश गरेका थिए ।

प्रकाशित मिति : बिहिबार, साउन २८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij