प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थाको नवनिर्मित सभाहल उद्घाटन

प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थाको नवनिर्मित सभाहल उद्घाटन

 

बुटवल,

प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थाको नवनिर्मित सभाहल उद्घाटन गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ११ मा रहेको प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थाको नवनिर्मित सभाहलको मंगलबार सामुदायिक विद्युत नेपाल राष्ट्रिय महासंघका सचिव, प्रदेश इञ्चार्ज तथा संस्थाका सल्लाहकार यमबहादुर पछाई र संस्थाका अध्यक्ष जीतबहादुर मल्लले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

त्यस अवसरमा बोल्दै प्रमुख अतिथी पछाईले देशभर ५५ जिल्लामा सामुदायिक विद्युत सेवा पु¥याईको जानकारी गराउनु भयो ।

त्यस्तै अध्यक्ष मल्लले संस्थाको आवश्यकताको आधारमा सभाहल निर्माण गरिएको बताउँदै संस्थालाई मात्रै नभएर त्यस क्षेत्रका अन्य गतिबिधि गर्नको लागि समेत सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्वागत गर्दै संस्थाका उपाध्यक्ष तथा सभाहल निर्माण समितिका संयोजक राजकुमार गुप्ताले गत फागुनदेखि सुरु गरिएको सभाहल निर्माणको काम कोरोना महामारीका बिच पनि आफूहरु खटिएर असार मसान्त भित्रै सम्पन्न गरेको जानकारी गराउनु भयो । ६८ लाख ३६ हजार ६१७ रुपैंया लगात मुल्यांकन भएको सभाहल ४८ लाख ६८ हजार ४५८ रुपैंयामा निर्माण सम्पन्न गरिएको बताउँदै उहाँले १९ लाख ६८ हजार १५९ रुपैया संस्थालाई बचत गरिएको पनि जानकारी गराउनु भयो ।

कार्यक्रममा संस्थाका सल्लाहकारहरु कृष्णबहादुर जिसी, ईन्द्रबहादुर राई, समाजसेवी गोपाल केसी, नरसिंह राव लगायतले भनाई राख्नुभएको थियो । संस्थाका अध्यक्ष जीतबहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रम सचिव तथा अनुगमन समितिका संयोजक राजेश बुढाथोकीको सञ्चालनमा भएको थियो ।

 

प्रकाशित मिति : मंगलबार, भाद्र १ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij